ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सरकारको नीति तथा कार्यक्रम : आर्थिक विकास र सामाजिक न्यायमा जोड, नेताहरुको मिश्रित प्रतिक्रिया

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

काठमाडौं, १९ वैशाख ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार सरकारको मुख्य योजना र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् ।

सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रमले आर्थिक विकासलाई गति दिने, सामाजिक न्याय सुनिश्चित गर्ने र सुशासन कायम गर्ने लक्ष्य राखेको छ । सरकारले आगामी वर्ष कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याइने भएको छ ।

त्यस्तै,युवाहरूलाई स्वरोजगार बनाउन र वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न विभिन्न प्रोत्साहन योजनाहरू घोषणा गरिएको छ । पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरएको छ । त्यस्तै, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने र ऊर्जा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य सरकारले लिएको छ । सामाजिक न्यायको क्षेत्रमा सरकारले दलित, महिला, जनजाति, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रलाई लक्षित गरी विशेष कार्यक्रमहरू ल्याउने भएको छ । शिक्षा र स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न बजेट वृद्धि गरिने भएको छ । सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी र पारदर्शी बनाउन प्रविधिको प्रयोगलाई बढाइने भएको छ। अब सरकारी सेवामा इन्टर्नको प्रयोग गरिने नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ ।

सरकारले चालु बजेट अधिवेशनबाटै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा शिक्षालाई सर्वसुभल, गुणस्तरीय र जीवनउपयोगी बनाउने पनि घोषणा गरे । उनले भने, ‘विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनसंरचना गरिनेछ । २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जित गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रुपमा सञ्चालन गर्ने घोषणा गरिएको छ । उनले भने, ‘विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ ।’ यसै अधिवेशननबाट शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक र भूमिसम्बन्धी विधेयक पारित गर्ने राष्ट्रपति पौडेलले घोषणा गरे ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ ।’ त्यस्तै, स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिने भएको छ । न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दैको नीति लागू गरिने उल्लेख छ । यसका लागि बढीमा हप्तामा २० घण्टाको समय तोकिएको छ ।

त्यस्तै, नीति तथा कार्यक्रममा सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने उल्लेख छ ।

‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने भएको छ । यसका साथै सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने भएको छ । सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शीता वृद्धि गरिने बताए ।

त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार कर प्रणालीमा संरचनात्मक सुधार गरिने भएको छ । यसका साथै वैदेशिक सहायताको आवश्यकताका आधारमा वितरण गरिने र वैदेशिक लगानीलाई पनि आवश्यक क्षेत्रमा मात्रै परिचालन गरिने भएको छ ।

नेताहरूको प्रतिक्रियाः

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले नीति तथा कार्यक्रम समग्र रुपमा सबैलाई समेट्ने प्रयास गरिएकाले त्यो सकारात्मक भएको बताए । उनले ,सबैलाई समेट्दा समेट्दै पनि पनि दुई दलबीच भएको सात बुँदे सहमति अनुसार नआएको प्रतिक्रिया दिए ।

उनले सात बुँदे सहमतिलाई अलिकति उल्लेख मात्रै गरेको बताए । निश्चित प्रतिवाद्धतासहित यो समयभित्र हामी सक्छौं भन्ने प्रतिबद्धतामा कमी भएको बताए । उनले थपे, ‘सहमति अनुसार अहिलेसम्म जे भयो भयो, अब यसरी जान्छौं भन्ने ठोस कुरा छैन । संविधान संशोधनबारे पहिलाजस्तै सहमतिमा गरिने भनिएको छ । तर, ठोस प्रतिबद्धता छैन।’ उनले भने, धेरैठाउँमा गरिनेछ, दिइनेछ भनिएको छ। नीति तथा कार्यक्रम हरेक बर्ष यस्तै आउने खासै परिमार्जन भएर ,लक्षित गरेर यसमा प्रतिबद्ध छौं ,यति समयभित्र गर्छौ भन्ने नभएको बताए ।”

नेकपा एमालेका नेता महेश बर्तौलाले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रम सरल हिसाबमा प्रस्तुत गरेको बताए । उनले भने, “नेपालको अर्थतन्त्रलाई ट्रयाकमा कसरी ल्याउने भन्नेमा नीति तथा कार्यक्रम केन्द्रित भएको छ ।” “सरकारले संरचनागत पाटोबाट सुधारको तहमा कसरी अगाडि बढाउन सकिन्छल उत्पादन बढाउन र रोजगार प्रवद्र्धनको पाटोलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको छ”–उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले नीति तथा कार्यक्रममा नयाँपन नभएको बताए । पछिल्ला केही बर्षदेखि सुनेको कार्यक्रमको निरन्तरता देखिने उनले बताए । उनले भने, “दुइ तिहाईको सरकारको कल्पनाशिलता कतै नदेखिने सरकारको नीति तथा कार्यक्रम चिट चोर्न नजानेको बिद्यार्थीको जस्तो छ ।”

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले आर्थिक विकास र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए । तर, प्रमुख प्रतिपक्षी दल र नागरिक समाजले कार्यान्वयनको चुनौती औँल्याएका छन् भने सत्तारुढ दलका नेताहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?