© २०२३
बुटवल, १९ बैशाख । बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १० विजयी भएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा शुक्रबार बिहान भएको खेलमा वडा नं. १० ले वडा नं. १९ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
सिद्घेश्वर खेल मैदानमा वडा नं. १० जितमा सुरज गुरुङ नायक रहे । उनले खेलको १३ औ र पहिलो हाफको ईन्जुरी समयमा गोल गरे । यसैगरि वडा नं. १० का आसमान थापा क्षेत्रीले खेलको २७ औ मिनेटमा गोल गरे । वडा नं. १९ का सोभित गौतमले पहिलो हाफको इन्जरी समया सान्त्वना गोल गरे । प्रतियोगिताको वडा नं. १० का सुरज गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । शनिबार बिहान ८ बजे वडा नं १५ र १४ तथा दिउसो वडा नं ८ र २ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।