Butwal Today

राष्ट्रपति पाौडेल र अजरबैजानका उप विदेशमन्त्रीबीच भेटवार्ता

१९ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १९ बैशाख ।

राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उप विदेशमन्त्री  एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएकाे  भेटमा राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति  भएकाेमा खुशी व्यक्त गर्दै दुई देशबीचकाे सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले काेप -२९ मा आफ्नाे सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशकाे सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

उप विदेशमन्त्री  मामाेडाेभले राष्ट्रपति पाैडेलकाे अजरबैजान भ्रमणका कारण दुई देशबीचकाे सम्बन्धमा नयाँ आयम थपिएकाे बताउदै ३० वर्षसम्म कुनै  समझदारीपत्रमा हस्ताक्षर हुन नसके  पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?