© २०२३
भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध हिन्दू तीर्थस्थल केदारनाथ धामको मन्दिर आज बिहानदेखि भक्तजनका लागि औपचारिक रूपमा खोलिएको छ। मन्दिरको ढोका आज बिहान ७ बजे खोलिएको हो।
मन्दिर खुल्ने अवसरमा बाबा केदारको मूर्ति हिजो नै धाममा ल्याइएपछि विशेष पूजापाठसहित र १३ क्विन्टल फूलले मन्दिर भव्य रूपमा सजाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भक्तजनको सुरक्षित तीर्थयात्राका लागि भारतीय सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ। भारतीय प्रहरीले यात्राका क्रममा आवश्यक सबै सुरक्षा उपायहरू अवलम्बन गरिएको र भक्तजनको सुरक्षा उनीहरूको प्रमुख प्राथमिकता भएको जनाएको छ।
यसैक्रममा, २०२५ सालको केदारनाथ यात्रालाई सहज बनाउने उद्देश्यले सोनप्रयागबाट हेलिकप्टर सेवा पनि सुरू गरिएको छ।
हेलिकप्टर सेवाबाट दैनिक १५० भन्दा बढी तीर्थयात्रीलाई सेवा दिने लक्ष्यसाथ २०–३० उडान सञ्चालन गरिनेछ। एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खुला गरिएको छ।