ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

बुटवलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको काता सेमिनार

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

बुटवल, १९ बैशाख ।

कराते खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ बुटवलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको काता सेमिनार संचालन भएको छ । नेपाल सितोरियो कराते संघ रुपन्देहीको आयोजनामा तीन दिने काता सेमिनार विहिबारदेखी शुरु भएको हो ।

कराते खेलाडीहरुमा सितोरियो कराते सङ्घ, रुपन्देहीका अध्यक्ष नारायण थापाले अन्य खेलको तुलनामा कराते खेलको आकर्षण बढि रहने भन्दै आत्मरक्षाका हिसाबबाट समेत सबैभन्दा बढि महत्वपूर्ण भएको बताए । ‘केवल फाईटमात्र नभई कातामा पावर ल्याउने, मोभमेन्ट बढाउने र विश्व कराते फेडेरेसनमा गरिने काता सिक्न तालिम फलदायी हुनेछ । ’–उनले भने । वरिष्ठ प्रशिक्षक हिरा सिंह डंगोलले खेलाडीहरुलाई ३ दिनसम्म हाल प्रचलनमा रहेको काता र अन्तराष्ट्रियस्तरमा खेलाडी सहभागी हुदा प्रस्तुत गर्ने काताका बारेमा ब्यवहारिक ज्ञान दिने उनले बताए ।

एक समारोहका बिच बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै आफू युवावस्थामा कराते खेलेको स्मरण गर्दै यो खेल ब्यक्तिको शारीरिक, मानसिक विकास र अनुशासित सिकाउने उपयुक्त भएको बताए । हरेक खेलको विकास र प्रवद्र्धनमा आफु निरन्तर लाग्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ प्रशिक्षक हिरा सिंह डंगोलले प्रशिक्षार्थीहरु सेमिनारमा प्राप्त सीप र ज्ञानलाई दैनिक अभ्यासमा ल्याउन आग्रह गरे । विगतमा आफूले प्रशिक्षण लिँदा भोगेका अनुभवहरू सुनाउँदै अहिलेको कराते प्रशिक्षण प्रविधिमा आएको व्यापक सुधार र रूपान्तरणको चर्चा गरे ।

कार्यक्रममा नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया, दीप बोर्डिङ स्कुलका अध्यक्ष टिकाराम न्यौपाने, विष्णु धराल, भरत केसी, सुरेन्द्र शाक्य, शंकर पाण्डे, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य ऋषिराम पौडेलले सेमिनारको सफलताको शुभकामना दिए ।

यसैबिच कराते खेलको विकासमा योगदान दिएका प्रशिक्षक ऋषिराम पौडेल र बुद्ध महर्जनलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संयोजक तथा कराते प्रशिक्षक उमेश थापाले रुपन्देहीका खेलाडीहरु पहिलोपटक आयोजना गरिएको सेमिनारमा नवलपरासीका समेत खेलाडी समावेश भएको बताए । अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन यो तालिम आवश्यक हुने उनले बताए । सेमिनारमा ८० बढी सिनियर खेलाडीहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?