ट्रेंडिंग:

>> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि

सिपमूलक तालिमसहित उद्यम विकास तालिम

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

पाल्पा, १८ बैशाख ।
रामपुर नगरपालिकाले महिला दिदीबहिनीहरूलाई पोते माला तथा चुरा बनाउने तालिम सहित उद्यमशिलता विकास तालिम प्रदान गरेको छ ।नगरपालिकाले पोते माला तथा चुरा बनाउने तालिममा सहभागी हुने महिला दिदीबहिनीहरूलाई उद्यमशिलता विकास तालिम प्रदान गरेको हो । उपप्रमुख ग्रामिण महिला उत्थान कार्यक्रम अन्तर्गत १३ दिने पोते माला तथा चुरा बनाउने तालिममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन तथा प्रवद्र्धन सिप प्रदान गरिएको छ ।

बुधबार तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले स्थानीय उत्पादनको अभिवृद्धि गरि रामपुरलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएका बताइन् । दैनिक जिवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गरिन् ।

सिपमूलक तालिमले महिलाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने भन्दै यस्ता तालिमले महिलाहरूको जीवनस्तर उकासेको बताइन् । विभिन्न समयमा सञ्चालन गरेका तालिमबाट सिप सिकेका महिलाहरूले उत्पादन गरेका सामग्री नगरपालिकाले खरिद गरेर बजारको समेत प्रवद्र्धन गर्दै आएको बताइन् । उपप्रमुख थापाले उद्यम विकास सम्बन्धी तालिमले उद्यमी बन्ने सोँचमा रहेका महिला दिदिबहिनीहरूलाई सफल व्यवसायी बनाउन मद्दत पुग्ने बताइन् ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले सिपले अर्थोपार्जनका गर्ने भन्दै ज्ञानसिपको सही प्रयोग गर्न आग्रह गरे । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं।१ का अध्यक्ष कपिल बहादुर खाँणले गुणस्तरीय र बाह्य वस्तुसंग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए । प्रतिस्प्रर्धा गर्न सक्ने गुणस्तरीय उत्पादन गर्न सके मात्र व्यवसायीक सफलता हासिल गर्न सक्ने बताए । कार्यक्रममा रामपुर नगरपालिका वडा नं। २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले ज्ञानसिपको प्रयोग गरी व्यवसायी बन्न आग्रह गरे । यस्तै रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपालीले तालिमलाई तालिममा मात्र सिमित गर्न नहुने भन्दै जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिए ।

तालिममा सिप सिकेर उद्यमी बन्न चहाने महिला दिदीबहिनीहरूलाई सिर्जनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यवसायिक बनाउन साथै व्यवसायिक योजना बनाउन सिकाईने उद्यम विकास सहजकर्ता रूपेश सिंजापतिले बताए । तालिममा नगरपालिका भित्रका ३८ जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ । सहभागिहरूलाई ४ दिन उद्यम विकास सम्बन्धी तालिम र त्यस पश्चात १३ दिनसम्म पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?