© २०२३
बर्दघाट, १८ बैशाख । पश्चिम नवलपरासीको बर्दघाट–९, भुताहास्थित श्री कैलाशकुट शिव मन्दिरमा सम्पन्न शिवपुराण ज्ञान महायज्ञ–२०८१ बाट झण्डै २१ लाख रुपैयाँको बचत गरिएको छ । बिहिवार आयोजित आयब्यय सार्वजनिकरण कार्यक्रममा बोल्दै शिव पुराण समारोह समितीका सयोजक चन्द्रकान्त चापागाईंले २० लाख ७४ हजार ६ सय ७० रुपैया बचत भएको बताए ।
२०८१ फागुन ४ गतेदेखि १४ गतेसम्म ११ दिनसम्म सञ्चालन भएको शिव पुराण महायज्ञमा मन्दिर संरक्षकहरूबाट २ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ, वरिष्ठ आजीवन सल्लाहकारहरूबाट १ लाख ६३ हजार ३ सय ७० रुपैयाँ, आजीवन सल्लाहकारहरूबाट ५ लाख ५१ हजार ४ सय ३८ रुपैयाँ र अन्य दाताबाट ११ लाख ९ हजार ५ सय ५१ रुपैयाँसहित विभिन्न शीर्षकमा दान संकलन गरि जम्मा ४१ लाख ९७ हजार ३ सय ४५ रुपैया आम्दानी भएको आर्थिक समिती सयोजक भिम प्रसाद खनालले जानकारी दिए । खर्च तर्फ महायज्ञमा २१ लाख २२ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक खरालले जानकारी दिए ।
शिवपुराण ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक चन्द्रकान्त चापागाईंका अनुसार पारदर्शी ढंगले आर्थिक विवरणको तयारी गरिएको बताए । “हामीले महायज्ञको हिसाब किताब चुस्त र दुरुस्त राखी लेखापरिक्षण समेत गरेर हिसाब सार्वजनिक गरेका छौं ।“ चापागाईंले भने ।