ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
१८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२

वडा नं ६ को विजयी शुरुवात

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

बुटवल, १८ बैशाख । १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ६ ले विजयी शुरुवात गरेको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार भएको उद्घाटन खेलमा गतवर्षको विजेता टिम वडा नं ६ ले वडा नं १६ लाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको निक्कै प्रतिस्प्रधात्मक खेलको २६ औ मिनेटमा वडा नं ६ का आवेश शाहीले गोल गर्दै अग्रता दिलाए । वडा नं ६ का विलज पुन मगरले खेलको ५३ औ मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर गरे । खेलमा वडा नं ६ का विलज पुन मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको प्लेयर अफ दी म्याचवापतको रकम सौजन्यकर्ता जिल्ला कमिटिका दिपक खड्गीले पुरस्कृत बितरण गरे ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्दै नगर खेलमय भएको दाबी गरे ।

कार्यक्रममा उपप्रमुख सवित्रादेवि अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, बुटवल उपमहानगर ईन्चार्ज गोपाल राना, भुमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नेकपा एमाले प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई, नेकपा एमाले पार्टी जिल्ला सदस्य नहकुल शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य केशव रोक्का, केन्द्रिय सदस्य बुद्घिराज थापा, कल्पना पण्डेय मगर, जिल्ला अध्यक्ष कृष्ण कुमाल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले देशमा योगदान गरेका राजनितिक ब्यक्तिको नाममा खेल प्रतियोगिता आयोजना गरेर युवाहरुबाट उत्कृष्ट काम भएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने  संघका नगर अध्यक्ष गणेश बोहराले बताए । यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । शुक्रबार बिहान ८ बजे वडा नं १० र १९ तथा साझ वडा नं ५ र १७ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?