Butwal Today

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने चार जना पक्राउ

१८ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाण्डौ ।

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ७० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-५ का ३९ वर्षीय सम्पूर्ण केसी, काभ्रेको पाँचखाल नगरपालिका-३ का २९ वर्षीय सुजन गिरी, पाल्पाको रम्भा गाउँपालिका-५ का ५८ वर्षीय सिरबहादुर बराल र काठमाण्डौको तारकेश्वर नगरपालिका-४ की ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन्।

सम्पूर्ण र सुजनले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६१ लाख ६५ हजार, सिरबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै एक जनाबाट सात लाख ५० हजार र सरस्वतीले संयुक्त अरब इमिरेट्स ९यूएई० पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।