Butwal Today

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पतालमा भर्ना

१८ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पेटसम्बन्धी समस्या देखिएपछि पुनः अस्पतालमा भर्ना भएकी छन्। उनी केही दिनदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेकी थिइन्।

बुधबार जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको तयारी भइरहँदा पनि श्रेष्ठ अस्पतालमै थिइन्। त्यसै दिन पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि मात्रै उनी अस्पतालबाट बाहिरिएकी थिइन्।

पार्टीका महासचिव गंगाराम चौधरीका अनुसार बुधबार दिनभर पार्टीको काममा दौडधुप गरेपछि स्वास्थ्यमा फेरि समस्या देखिएको हो। राति अचानक पेट दुख्न थालेपछि बिहीबार विहान उनलाई पुनः अस्पताल भर्ना गरिएको हो।

श्रेष्ठले पनि लगातारको व्यस्तताका कारण पर्याप्त आराम नपाउँदा स्वास्थ्यमा असर परेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?