ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

गण्डक उत्खननमा विवादः जुँगाको लडाइँ कि भागबण्डाको ?

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

नवलपरासी, १८ बैशाख ।
जिल्लाको नारायणी (गण्डकी) नदीबाट भइरहेको उत्खनन कार्य प्रतिवेदन साता दिन पुग्दा पनि अनुगमन प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । अत्यधिक उत्खननलाई कसरी मिलान गर्ने अन्यौलताले प्रतिवेदन सार्वजनिक हुन नसकेको बताइन्छ ।

सुस्ता गाउँपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको भन्दा बढी नदीजन्य पदार्थको दोहन गरिएको बताइन्छ । गत बुधबार नै जिल्ला अनुगमनले अनुगमन गरेको थियो । तत्पश्चात गाउँपालिकाले पनि अनुगमन गरेको थियो । तर गाउँपालिका ठेकेदारको प्रलोभनमा परेको आरोप स्थानीयले लगाएका छन् । गाउँपालिकाको अनुगमन टोलीले ठेकेदारलाई तोकिएको परिमाणको ९० प्रतिशतसम्म मात्र झिकेको दाबी गर्दै आएको छ । तर बुधबार नै नदी क्षेत्रमा अनुगमन गर्न जिल्ला अनुगमन टोली पुगेको जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए । घाम र हावाहुरी भएका कारण सबै क्षेत्रको अनुगमन टोलीले अनुगमन गर्न सक्ने अवस्था भएन । तर पनि अनुगमन अनुसारको प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाएका थिए ।

उनका अनुसार अनुमति भन्दा बढी खोलाजन्य सामग्री झिकिएको अवस्था भेटिएको छ । तर उनीहरूको घाटगद्दिको यकिन भइरहेको छैन । ठेकेदारले नदीमा खोलाजन्य सामग्री झिक्दा पानी बग्ने धार तर्फ झिक्दै आएका छन् । ताकी पानीले खाल्टा पुरियोस्, अत्यधिक निकासी गरेको आधार नभेटियोस् भन्ने छलफल गरेका छन् । प्रमुख यादवले प्रतिक्रिया दिँदै भने, ठेकेदारहरूबाट यो सम्बन्धमा जानकारी लिँदा पहिले पानी नभएको र अहिले बाढी आएर पानी बढ्दा धार तिरबाट झिकिएको अवस्था देखिएको बताएका थिए । दुई वटा अनुगमन निकाय पछि गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष प्रभुनाथ यादव अनुगमन संयोजक रहेको र उनले गत सोमवार अनुगमन गर्ने जानकारी गराएका थिए ।

तर सोमबारको अनुगमन अध्यक्ष उपाध्याय काठमाडौं गएको हुँदा अनुगमन कार्य रोकिएको अनुगमन संयोजक यादवले जानकारी गराएका थिए । अध्यक्ष आउने बित्तिकै अनुगमन पुनः हुन्छ, र अन्तिम प्रतिवेदन आउँछ दाबी गर्ने भएपनि हालसम्म अनुगमन हुन सकेको छैन । पहिले एक सातादेखि जिल्लाले अनुगमन गर्ने हल्ला गर्दा गर्दा ढिलो भएको थियो, अहिले अनुगमन गरेर एक साता भयो प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन नआउँदा अहिले पनि ठेकेदारले अनियन्त्रित रूपमा नदीजन्य पदार्थ झिक्ने क्रम रोकेका छैनन् ।

अनुगमन विवाद मात्रै नभई भित्र भित्र अनुगमनकारी निकायमा रकम लेनदेन गरी छाकछोप गर्ने सौदाबाजी पनि चलिरहेको भनाइ स्थानीयबासीको रहेको छ । अत्यधिक मालबस्तुलाई आवश्यक कारवाही भन्दा रफदफा गरिदिनका लागि अनुगमनकारी निकायलाई ३० लाखसम्म बुझाउने ठेकेदार समूहमा छलफल भई रहेको एक स्थानीयले बताए । सुस्ता गाउँपालिकाले ठेक्का लगाउँदा विभिन्न ४ वटा ठेक्का मध्ये १ वटा ६ र ३ वटा ठेक्का १६ नम्बर ठोक्कर नजिकैबाट झिक्न ठेक्का लगाएको छ ।

सबै ठेक्का मार्फत झिक्नका लागि पनि एक लाख घन फिट भन्दा केही बढी होला । तर ठेकेदारहरू र केही स्थानीय खोला तस्करहरू मिलेर ६० लाख घन फिट भन्दा बढी सामग्री झिकिएका छन् । उनले झिकिएका मालबस्तु भण्डारण नै नगरी सिधै सडक र बाँधका पठाउने हुँदा कति परिमाणको झिकियो भन्ने यकिन गर्न गाह्रो छ । तर उनले वि ग्याप बाँध र नेपाल बाँध विचको लिंक बाँधमा मात्रै राखिएको ढुंगा, गिट्टी र रोडाको यकिन गर्दा ६० लाख बढी हुन आउँछ ।

गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत हुमलाल भुसाल र अध्यक्ष टेकनारायण उपाध्याय समेत दबाव र प्रभावमा पर्दा यस्ता अनियन्त्रित उत्खनन भई रहेको दाबी स्थानीयबासीको रहेको छ । ठेक्काको नाममा आँखा बन्द गरेर दोहनको समर्थन अध्यक्ष उपाध्याय र अधिकृत भुसालले रहेको आरोप थियो । उपाध्यक्ष गिता चौधरीले समेत नियमित अनुगमन गर्नु पर्ने हो, उनी अनुगमन प्रमुख नै भए पनि अनुगमन गरिएको देखिएन । करोडौं रकमको चलन खेल भई रहेको दाबी उनको थियो । ४ रुपियाँ प्रति घनफिटको मूल्यलाई आधार मान्ने हो भने अहिलेसम्म २४ करोड भन्दा बढीको खोलाजन्य सामग्री झिकिसकिएको छ ।

ठेक्का अवधि अझै पनि जेठ मसान्तसम्म रहेको दाबी ठेकेदारहरूको रहेको छ । लिंक बाँधको दुई किलोमिटरको दूरीमा दुबै छेउमा १०/१० फिट चौडाइ, १० फिट जति उचाइको आधारमा पनि ६ लाख घनफिट मौजुदा अवस्थामा खोलाजन्य पदार्थ देख्न सकिन्छ, उनले बाँधमा खसालिएको खोलाजन्य सामग्री देखाउँदै भने, यस्ता बाँधमा ५ किलोमिटर रतनगञ्जसम्म खोलाजन्य सामग्री खसालिएका छन् । बर्दघाट देखि सेमरी स्थित क्रसर उद्योगमा पनि यहींबाट सबै खोलाजन्य सामग्री पुर्‍याइएका छन् ।

खोलाजन्य सामग्रीमा आफ्ना भाग पाएर मौन बस्ने स्थानीय प्रहरी समेत रहेको स्थानीयले बताए । ठेक्काको आठमा यस्तो दोहन कहिल्यै देखिएको थिएन, जुन अहिले भईरहेको छ । नदीमा लुट मच्चाइएको छ । सरोकारवाला मौन छन्, स्थानीय दुई चारले बोल्ने आँट गर्न सक्दैनन् । तर खोलाबाट झिक्ने मालबस्तु तँ जो सुकैले कहाँबाट आयो भन्ने प्रश्न गर्न सक्ने आधार छ । तर जिल्लाबाट पनि अनुगमन भई रहेको छैन ।

एक साता देखि नै जिल्लाबाट अनुगमन आउँछ, भन्ने हल्ला चल्ने गरेको तर त्यो भन्नलाई मात्रै भएको उनको भनाइ थियो । अनुगमनबारे प्रतिक्रिया दिँदै सुस्ता गाउँपालिकाकी उपाध्यक्ष चौधरीले जिल्लाबाटै अनुगमन आउने सुनाएकी थिइन् । जिल्लाबाट नै निकासीको स्वीकृति दिइने हुँदा जिल्लाले नै अनुगमन गर्छ, मंगलवार उनले प्रतिक्रिया दिएकी थिइन् । गाउँपालिकाले त निकासी गर्दा घाटगद्दि गर्नु भन्दै आएको छ, तर ठेकेदारले घाटगद्दि गरेको पाइएको छैन । उनीहरूले घाटगद्दि गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?