© २०२३
काठमाडौँ ।
आन्दोलनरत नेपाल शिक्षक महासंघले विरोधका सबै कार्यक्रम स्थगित गरेको छ। बुधबार सरकारसँग आफ्ना माग बारे सहमती जुटेपछि महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो।
सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने ।
परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे ।
ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।
२० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।