ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

रामपुर नगरपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

पाल्पा, १७ बैशाख ।
रामपुर नगरपालिकाले दोस्रो चौमासिक प्रगति समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । सोमबार आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक प्रगति समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको थियो । सहभागीले उठाएका जिज्ञासा मेटाउनु हुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाइभर्सन विरुद्ध रामपुर नगरपालिकाले सशक्त रूपमा आवाज उठाउँदै आएको बताए । अन्य पालिका संग सहकार्य गर्दै अघि बढेको बताउँदै यहाँका धार्मिक आस्था, संस्कृति र पारिस्थितिक प्रणालीको रक्षाका लागि नगर कार्यपालिकाको बैठक बाट निर्णय गरी लाग्दै आएको जानकारी गराए ।

१० वटै वडामा समानुपातिक रूपमा विकासका योजना नगरले सञ्चालन गर्दै आएको स्पष्ट पारेका थिए । फोहोर व्यवस्थापन नगरको चुनौतिको रूपमा देखिएको भन्दै निरन्तर प्रयास भैरहेको बताएका थिए । विकास निर्माणका योजनाको काम गुणस्तरीय र समय मै सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग संगै निगरानी गर्नु आवश्यक रहेको बताए । नगरको विकासका सबैको रचनात्मक सुझावको खाँचो रहने भएकाले सुझाव र सल्लाहहरू दिन आग्रह गरे ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चालु आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विनियोजित बजेट मध्ये चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ३२ करोड ४ लाख ६ हजार २४३ रूपैयाँ ८२ पैसा र पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार विनियोजन भएकोमा ५ करोड १८ लाख ७६ हजार ३६६ खर्च भएको जानकारी दिए । नगर भित्र सञ्चालनमा रहेका ३८० योजना मध्ये २३५ वटा योजना सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले नगरको विकासमा सरोकारवालाहरूको सुझाव र सल्लाह महत्वपूर्ण हुने बताए । उनले नगरपालिका मार्फत सञ्चालन भएका भ्रमणका विषयमा उठेका जिज्ञासा माथि स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा सहभागी मध्ये ११ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागीहरू मध्ये रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, सल्लाहाकार कृष्ण प्रसाद पौडेल, सल्लाहाकार फणेश्वर गौतम, रामपुर ६ का सुन्दर प्रसाद देवकोटा, रामपुर ३ का रविचन्द्र न्यौपाने, रामपुर ८ का दिपकमणी अर्याल, पत्रकार रमा भण्डारी, रामपुर ५ का हरि प्रसाद पौडेल, बालकल्याण प्राविका प्रधानाध्यापक नगेन्द्र काफ्ले, रामपुर ७ का लुकनाथ घिमिरे, रामपुर ६ का राजेन्द्र बहादुर कुमालले आफ्ना जिज्ञाशा सहित सुझाव राखेका थिए ।

सहभागीले डिजिटल नापी, घर नक्सा पास, फोहोर मैला व्यवस्थापन, घरहरूको अभिलेखिकरण, अनुदानको विउ, शीतभण्डार, वडा सचिव नहुँदा भएको समस्या, सडक तथा अन्य पूर्वाधार निर्माणको अनुगमन, विपदको जोखिम न्यूनिकरणको तयारी, दिगो विकास, सिंचाई संगै कालीगण्डकी डाइभर्सनको विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरूको जिज्ञासा र प्रश्नको जवाफ ६ नं. विशेष नापी कार्यालयका प्रमुख दिपक यादव, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखा अधिकृत विकल काफ्ले, रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मी, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले दिए ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, कार्यक्रममा सहभागीहरूलाई नगर प्रवक्ता कपिल बहादुर खाँण लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले गरेको कार्यक्रममा कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरूको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?