© २०२३
कपिलवस्तु, १७ बैशाख ।
क्वारेन्टिन कार्यालय कृष्णनगर कपिलवस्तुले चालु आर्थिक बर्षको ९ महिनाको अवधि (चैत्र मसान्त) सम्म १० हजार १ सय ६२ वटा आयात इजाजत विवरण (ईपी) जारी गरेको छ । सुठौली भंसार कार्यालयमा क्वारेण्टिन कार्यालय कृष्णनगरले आयोजना गरेको प्लान्ट क्वारेन्टिन सरोकारला बैठकमा कार्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै क्वारेण्टिन कार्यालय कृष्णनगर कपिलवस्तुका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत सहसराम चौधरीले जानकारी दिए ।
त्यसैगरि कार्यालयले सोहि अबधीमा ९ सय २५ विरुवा स्वस्थ्यताको प्रमाणपत्र समेत जारी गरेको उनले बताए । यस अबधीमा नेपालमा भारतबाट करिब ८२ लाख ५६ हजार ७ सय ७० मुल्यको १ लाख ६३ हजार ९ सय ३३ मेट्रिक टन खाद्यान्न, तरकारी, फलफुल, दलहन, तेलहन र मसलाजन्य सहितका अन्य बिरुवाजन्य उत्पादन आयात भएको कार्यालयको तथ्याङ्क छ । त्यसै गरि भारत तर्फ ११ लाख ७० हजार ८ सय ६ रूपैयाँ मूल्यको २८ हजार ८ सय ९९मेट्रिक टन बाँसको टोकरी, प्लाईउड र कोर भेनियर लगायतको बिरुवाजन्य उत्पादित सामग्री निर्यात भएको प्रमुख चौधरीले स्पष्ट पारे ।
कार्यालयले चैत मसान्त सम्मको अबधीमा ४४ लाख ८८ हजार ८ सय १६ रूपैया आयात निर्यात ईजाजतपत्र दस्तुर बापतको राजश्व असुली गरेको जनाइएको थियो । सुठौली भंसारमा रहेको प्लान्ट क्वारेन्टाईनको चेकपोष्टमा पूर्वाधार अभावका कारण सुबिधा सम्पन्न प्रयोगशालाको व्यवस्थापनमा समस्या भएकाले बिरुवाजन्य आयातित सामग्रीको गुणस्तर परिक्षणमा भिजसवल ईन्सपेक्सन बिधि समेत प्रयोग गर्ने गरेको बताईएको थियो ।
प्लान्ट क्वारेन्टाईनले बिरुवाजन्य उत्पादन आयातमा मुख्य गरेर रोग र किराको संक्रमणको पहिचान गरि आयात निर्यात ईजाजतपत्र दिने गरेको जनाईएको थियो । सुठौली नाकामा युएनलोकेशन कोड नभएका कारण निर्यातमा समस्या आउने गरेकोले आवश्यक निर्णयका लागि समन्वय गरि दिन केन्द्र सँग माग गरिएको चौधरीले जानकारी दिए ।
कार्यालयले चालु आवको ९ महिनामा गुणस्तर नपुगेका आयात सम्बन्धि ६७ वटा अनुमतीपत्र रद्द गरिएको जनाईएको छ । सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामीछानेले आयातित बिरुवाजन्य सामाग्रीको गुणस्तर व्यवस्थापनका लागी मापदण्ड अनुसारको मापन गर्न कार्यालयलाई निर्देशन दिए ।
उनले कानुन कार्यान्वयन र जवाफदेहीता अभिबृद्धि हुने गरि कार्यालयलाई काम गर्न सुझाव दिए । कार्यक्रममा कृष्णनगर भंसार कार्यालयका प्रमुख फणिन्द्र खतिवडा, सुठौली भंसार कार्यालयका प्रमुख नारायण प्रसाद गैरे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक लोकेन्द्र सिंह कार्की, पशु क्वारेन्टाईन कृष्णनगरका प्रमुख डाक्टर दयाराम चौधरी, खाद्य प्रबिधि आयात निर्यात कार्यालयका सुनिल पोख्रेल, प्रहरी चौकी मर्यादपुरका प्रमुख नारायण शर्मा सहित भंसार एजेन्ट प्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको थियो ।