Butwal Today

गृहमन्त्री र भारतीय जनता पार्टी विदेश विभाग प्रमुखबीच भेटवार्ता

१७ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १७ वैशाख।

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच आज भेटवार्ता भएको छ। बुधबार दिउँसो गृह मन्त्रालयमा आयोजित भेटवार्तामा दुई पक्षबीच द्विपक्षीय चासोका विविध विषयहरूमा छलफल भएको बताइएको छ।

तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले आज बिहान काठमाडौं आएका हुन्। भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ गठबन्धनका प्रमुख नेताहरू जस्तै शेरबहादुर देउवा, साथै प्रतिपक्षी दलका नेता र तराई–मधेस केन्द्रित दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चौथाईवालेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धमा पार्टीगत कूटनीतिक संवाद विस्तारको एक अवसरका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?