© २०२३
काठमाडौँ ।
सर्वोच्च अदालतले पक्राउ परेका नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र लेखेको छ।
सहरजिस्ट्रार अच्युत कुइकेलले रेशम चौधरीलाई डिल्लीबजार कारागारका नाममा सर्वोच्चबाट लेखिएको पत्र आधिकारीक नभएको स्पष्ट पारेका छन्।
प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ।’
चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
उनले आफूखुसी पत्र लेखेको पाइएकाले प्रहरीले पक्राउ गरेको सर्वोच्च अदालतका अधिकारीले बताएका छन्।
विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो।
यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो। उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो।