© २०२३
काठमाडौं, १७ बैशाख ।
सरकार र आन्दोलनरत शिक्षक महासंघ बीचमा वार्ता जारी रहेको छ। हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ः०० बजेबाट पुनः वार्ता सुरू भएको हो । सो वार्ता शिक्षा मन्त्रालयमा जारी रहेको छ ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेको अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी दिए ।