© २०२३
काठमाडौँ ।
वैदेशिक रोजगार विभागको नयाँ महानिर्देशकमा कमल प्रसाद भट्टराई नियुक्त भएका छन्। हालसम्म श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागमा सरुवा गरेको हो।
यसअघि विभागका महानिर्देशक सुर्यबहादुर खत्रीलाई मन्त्रालयले फिर्ता बोलाइसकेको थियो। उनको स्थानमा सहसचिव जीवलाल भुसाललाई पठाइएको थियो, तर भुसालले मन्त्रालयभन्दा बाहिर जान नमानेपछि सरुवा कार्यान्वयन हुन सकेन।
भुसालको अडान कायमै रहेपछि मन्त्रालयले अन्ततः भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने निर्णय लिएको हो।
यस्तै, श्रमजन्य विभागको नेतृत्वका लागि मन्त्रालयले सहसचिव चक्रपाणी पाण्डेलाई पठाएको छ। मन्त्रालयभित्रको यो सरुवा प्रक्रियालाई प्रशासनिक निर्णय तथा कार्यसम्पादनमा सक्रियता ल्याउने प्रयासको रूपमा हेरिएको छ।