ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लोकतन्त्र विरोधी घुनहरूद्वारा अधिकार कुल्चने प्रयास

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

आज पाठक मित्रहरूसंग बुटवल टुडेसंग जोडिएको नाताबारे सानो चर्चा गर्न मन लागेको छ । आजभन्दा करिव ६ वर्ष पहिले अर्थात २०७५ जेठ ३ गते बिहीबार वर्ष ६ अंक २०६ बाट हाम्रो नाता जोडिएको हो । यो पत्रिका बुटवलबाट प्रकाशित भएर नेपालका विभिन्न जिल्लामा पुग्ने गर्दथ्यो । दाङको भूमिमा पत्रिका आइपुग्ने हुनाले यो पंक्तिकारले यस पत्रिकाको केही अंक अध्ययन गर्ने अवसर पाएको थियो । केही अंक अध्ययन गरिसके पछि यो पत्रिकालाई मुलुक र नागरिकको पक्षमा रहेको ठम्याइ रहनगयो । निरन्तर अध्ययनले मन सहजै रूपमा तान्न सफल भयो । २०४३ सालदेखि दाङका विभिन्न पत्रिकासंग जोडिदै आएको हुनाले यस पत्रिकामा थप नाता जोडन मनलाग्यो अनि पहिलो आलेख बैशाख २८ गतेका दिन सम्प्रेषण गरियो । उक्त आलेख तत्काल प्रकाशित भएकाले केही अंकका लागि केही आलेख सम्प्रेषण गरियो । केही समय लेख प्रकाशित भएपनि चार पाँच अंक पछि लेख प्रकाशित भएनन् अनि सम्प्रेषण गरिएन ।

दाङ सम्वादाता मार्फत बुटवल टुडेका लागि पुनः लेखको माग भयो त्यसको लगत्तै प्रधान सम्पादकले स्वयं फोन सम्पर्क गरी नियमित लेखहरू पठाउन अनुरोध गर्नु भए पश्चात आजका मितिसम्म उक्त कार्य नियमित भइरहेको छ । केही समय कोरोनाको कारणले पत्रिका वन्द भएका वखत लेखको जरुरत परेन, अनि केही महिना यसैगरी विश्राम हुन पुग्यो । कोरोनाको कहर केही टरेपछि बुटवल टुडेसंग सम्पर्क पुनः बढेको छ । हरेक नयाँ वर्षमा यसैगरी बुटवल टुडेसंगका सामिप्यताका दिनहरूको वारेमा चर्चा गर्न मन लाग्दछ । हामी कलमजीवी हौं । बुटवल टुडेले हाम्रो श्रमलाई बुझेको र सम्मान गरेको छ । एकातर्फ यस पत्रिकाले श्रमको मर्म बुझेको छ भने अर्कोतर्फ यसमा प्रकाशित लेख रचनाका साथमा हरेक समाचार विश्वासिला लाग्दछन् । अहिलेसम्म प्रकाशित लेखहरू अध्ययन गर्दा विविधखालका पठनयोग्य आलेखहरू पाइन्छन् भने यसको सम्पादकीयदेखि प्रकाशित अन्य समाचार भरपर्दा र समाजले विश्वास गर्ने खालका पाइन्छन् ।

बुटवल टुडेमा प्रकाशित समाचार भरपर्दा र मेहनतका साथ तयार पारिएका पाइन्छन् । यो आम भनाइ हो । बुटवल टुडेमा रहेका लेखरचना नेपालको लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षागर्ने खालका पाइन्छन् । हाल यस पत्रिकाले १२ वर्ष पुरापूर पार गरेर १३ वर्षमा प्रवेश गरेको छ । निरन्तर प्रकाशन र भरपर्दा समाचार हुनुले यसको विश्वसनीयता बढेको छ । बुटवल टुडे विचारमा प्रष्ट छ । यसले प्राप्त लोकतन्त्रको रक्षाको निम्ति एउटा आधार बनेको छ भने नागरिकका थप अभिलाषा र अधिकारका निम्ति यसले हरदम सघाउँदै आएको छ । आज प्राप्त लोकतन्त्रमा घुन नाच्न लागेको महसुस भएको छ । यी घुनहरूको हर्कत नेपालका आम नागरिकलाई प्रष्टसंग याद छ ।

घुनहरूले नागरिकका अधिकार कुल्चेको पनि सचेत नेपालीहरूलाई राम्रैसंग याद छ । जसले हिंजोको दिनमा नागरिकको मुख बन्द गर्न चाह्यो, स्वतन्त्रताको निम्ति आवाज उठाउनेहरूलाई जेलमा बन्दी बनायो त्यतिले मात्र पुगेन जेलसार्ने निहूँमा कतिजनाको ज्यान समेत लिएको उदाहरण हाम्रा माझमा ताजै छ । घुन पुत्लाहरूको जयगान नगरेसम्म नागरिकले शिर ठाडो पार्ने सक्ने अवस्था रहेन । उनै घुन पुत्लाहरू आज सल्बलाउने चेष्टा गर्न लागेको छन् । देश खोक्रो पार्ने र नागरिकका अधिकार कुल्चने घुन पुत्लाहरूको सल्बलाहट मत्थर पार्नेका लागि पनि बुटवल टुडे राष्ट्रिय दैनिकको आज अति खाँचो परेको छ । विविध विचार तथा समाचारका माध्यमबाट लोकतन्त्र सुदृढका निम्ति यस पत्रिकाले पुरापूर आफ्नो धर्म निर्वाह गरेको छ र भोलीका दिनमा दृढ मनोबलका साथ सघाउने छ । यो आम पाठक तथा विश्लेषकले विश्वास गरेको कुरा हो ।
वास्तवमा अरूले मात्र गल्ती ग¥यो, हामी सफा दिलका छौं यो पनि ठीक होइन ।

हामी भित्र पनि केही कल्मस बाँकी रहेको हुनसक्छ । यसतर्फ पनि आफै ध्यान दिनुपर्दछ । दोष सबैमा हुन्छ दोषलाई सच्याएर जानेहरू महान हुन् । हिंजोको निरंकुस व्यवस्थाको समयमा रहेका शासकहरूले आफ्नो दोष देखेनन् । अरूको अधिकार कुल्चनु र आफ्नो स्वार्थ सिद्ध गर्नु ठूलो धर्म हो भन्ने ठानेका थिए । यहि नै उनीहरूको ठूलो दोष थियो । यसलाई सच्याउन चाहेनन् । आज लोकतन्त्रवादी या गणतन्त्रवादीहरूले आफ्नो केही दोष छ कि ? एकपटक आफै विश्लेषण गर्नुपर्दछ । गणतन्त्रवादीहरू सबै दुधले धोएका वा गहूँतले चोखिएका छन् भन्ने पनि होइन । गणतन्त्र व्यवस्था चोखो व्यवस्था हो । हरेक मानवमा दोष हुन्छ । जसले आफ्नो दोष बुझ्छ र आफूलाई सुधार्न चाहन्छ त्यही महान हुने भएकाले गणतन्त्रवादीहरूलाई आफ्नो दोष बुझ्न र आफूलाई सच्याउन कुनै साँगुरो लाग्दैन । कसैले आफूलाई बुझ्न चाँहदैन र सच्याउन चाहदैन भने खवरदारी गर्ने काम पनि बुटवल टुडेको हो भन्ने लाग्दछ । जुन काम अहिलेसम्म निर्वाह भइरहेको छ । निस्पक्ष ढंगले अर्थात मुलुक र नागरिकको पक्षमा असल विचार सम्प्रेषण गर्ने हो भने पत्रकारिता क्षेत्रमा यसैलाई आफ्नो धर्म निर्वाह गरेको भन्ने गरिन्छ । जसरी यो पत्रिकाले आजसम्म आफ्नो धर्म र विचारमा अटल रहेर सुशासन र विकास निर्माणमा आफ्नो योगदान प्रदान गरेको छ त्यसैले यसको विश्वास समेत बढेर आएको छ । यो पत्रिकाको एउटा विशेषता भनेको यही हो ।

आज सञ्चार क्षेत्र अति कठिन अवस्थाबाट गुज्रीरहेको छ । त्यसमा छापा माध्यम त झन टिक्न गाह्रो अवस्थामा छन् । बाहिरबाट हेर्दा यस्तै देखिन्छ तर पनि मुलुक र नागरिकको पक्षमा दृढतापूर्वक लाग्नका लागि केही समय कष्ट सहन पनि तयार हुनुपर्दछ । यो पत्रिकामा सम्वद्ध सबै अभावका बिचबाट विगतका दिनहरू व्यतित गर्दै आएको हुनाले आउँदा केही दिनहरूमा यस्ता कष्ट सहन तयार छन् भन्ने लाग्दछ । पत्रकारिता वा पत्रकार राज्यको चौथो अंग मानिन्छ । यसलाई चौथो भनिएपनि यसले सबैको अगुवाई गर्दछ । अर्थात सञ्चार माध्यम अरू अंगभन्दा अगाडि रहेको पाइन्छ ।

जसले आवाज दिन सकिरहेको छैन, त्यस्ता आवाजहिनहरूको आवाज नै आजको सञ्चार माध्यम हो । यसले सबै क्षेत्रलाई प्राभाव पार्दछ । पहिलो प्रभाव सञ्चारमाध्यमले पार्ने भएको हुनाले चैत्र १५ गतेका दिन काठमाडौको तिनकुनेमा होनहार पत्रकार सुरेश रजकको हत्या गरिएको थियो । चौथो अंगदेखि कति त्रसित छन् नेपालका घुन पुत्लाहरू ? आफूले गरेका करतुत बाहिर नजाउन भन्नकालागि जिउँदै जलाएर पत्रकारको हत्या गर्दछन् । विगतका वर्षहरूमा बुटवल टुडेले जे जसरी भएपनि आफूले अभाव सहेर भएपनि लोकतन्त्र र आम नागरिकको सुशासन र विकास निर्माणमा सचेत रहँदै आयो, आउँदा दिनहरूमा पनि यसले यसैगरी अटल विचारका साथ अगाडि बढने छ भन्ने विश्वास जनमानसमा रहेको छ ।

हाम्रो घर आँगनमा नयाँ वर्ष २०८२ प्रवेश गरेको छ । हामीले नयाँवर्ष एउटा पर्वको रूपमा मनाएका छौं । शुभकामना आदानप्रदान गरेका छौं । मन साटासाट गरेका छौं । मन माझेका छौं । आउँदा दिनमा धेरै चुनौतिको सामना गर्नुपर्नेछ । यस प्रकारका चुनौतिको सामना गर्नका लागि उँचो मनोवलकासाथ लाग्नुपर्ने छ । यसका लागि यस पत्रिकामा आवद्ध सबै मनहरू हरेक चुनौति सामना गर्ने र आफ्नो लोकतान्त्रिक मार्ग सहज बनाउने दिशामा अटल भएर लाग्नु आजको आवश्यकता हो भन्ने बुझ्न जरुरी छ । नयाँवर्ष २०८२ ले स्वाभिमानीको मनमा उत्साह थप्न सकोस् । यही कामना गर्नु सान्दर्भिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?