© २०२३
लमही ,१७ बैशाख ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरू गरेको छ, जसको जानकारी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दिए।
बैठकले निम्न निर्णयहरू गरेको छ
प्रदेश सचिवहरूको जिम्मेवारी तोकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रस्तुत सचिव जिम्मेवारी तोक्ने प्रस्ताव पारित गर्दै बसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवको रूपमा नियुक्त गरेको छ। भने सवारी साधन करको अनुमानित सीमा पठाउने निर्णय गरेको छ । जसमा आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०८२र८३ का लागि स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने निर्णय गरिएको छ ।
त्यसै गरि विषादी व्यवस्थापनका लागि विधेयक मस्यौदा तयार गर्ने स्वीकृति गर्ने भएको छ।प्रदेशमा जीवनाशक विषादीको प्रभावकारी व्यवस्थापनका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई सम्बन्धित विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ। यी निर्णयहरू प्रदेशको प्रशासनिक क्षमता, राजस्व प्रणाली र कृषि सुरक्षालाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको हो।