ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

यातायातमै उठ्यो पाल्पामा १७ करोड

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

पाल्पा, १७ वैशाख   ।
जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा रु. १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले रु. १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो ।
चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट रु. १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

प्रमुख घिमिरेले भने, “चालक अनुमतिपत्र, सवारीसाधनको संख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व सङ्कलनमा वृद्धि भएको हो ।” कार्यालयले गत आवको सोही अवधिमा रु. १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो । उसले गत आव २०८०/८१ को असार मसान्तसम्म रु. १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व सङ्कलन गर्यो । जुन अहिले नौ महिनामै उक्त राजस्वको नजिक पुगेको छ । चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट रु. दुई करोड ४५ लाख २८ हजारमात्र सङ्कलन भएको थियो ।

त्यसैगरी, अघिल्लो पूरै आवमा सवारीसाधनबाट रु १५ करोड ४७ लाख ४३ हजार ७३५ राजस्व सङ्कलन भएको थियो । जुन चालु आवको चैत मसान्तसम्ममै उक्त सङ्कलनको नजिक पुगेको छ । यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु. १८ लाख ४६ हजार ७०० र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख घिमिरेले बताए । अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ रु. ५६ लाख ५८ हजार ६६० सङ्कलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार चालु आवको नौ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब रु. चार करोडभन्दा कम राजस्व सङ्कलन भएको थियो । हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्ने गरेको छ । कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ वटा नयाँ लाइसेन्स, पाँच सय ३१ वटा थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ वटा लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखितबाट राजस्व सङ्कलन गरेको छ । सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० पटके, नौ सय चार जाँचपास र नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?