काठमाडौं, १७ वैशाख ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकीकरण घोषणा सभाको दिनमै संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो।

सो पार्टीबाट ओली सरकारमा अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन्।उनी केहीबेरमै राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएको छ।
सर्वोच्च अदालतले बाँकी कैद भुक्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनबाट पक्राउ गरेको हो। उनी तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रिहा भएका थिए।




