© २०२३
काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बुधबार पक्राउ परेका छन्। उनले जनमत पार्टीसँगको एकता कार्यक्रममा भाग लिन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका बेला उनलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो।
चौधरीलाई डिल्लीबजार कारागार लगिएको छ। जिल्ला प्रहरी परिसरकाठमाडौं का एसपी अपिल बोहोराले जानकारी दिँदै भने, “पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरिएको हो।”
पछिल्लो समय, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा चौधरीको बाँकी कैद मिनाहा गरेका थिए। तर, राष्ट्रपतिको सो निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। चौधरीको पक्राउसँग सम्बन्धित कानुनी र राजनीतिक पक्षका बारेमा अझ थप विवरण सार्वजनिक हुन बाँकी छ।