ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

दश हजार बढी आयात इजाजतपत्र

१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

कपिलवस्तु, १७ बैशाख ।
क्वारेन्टिन कार्यालय कृष्णनगर कपिलवस्तुले चालु आर्थिक बर्षको ९ महिनाको अवधि (चैत्र मसान्त) सम्म १० हजार १ सय ६२ वटा आयात इजाजत विवरण (ईपी) जारी गरेको छ । सुठौली भंसार कार्यालयमा क्वारेण्टिन कार्यालय कृष्णनगरले आयोजना गरेको प्लान्ट क्वारेन्टिन सरोकारला बैठकमा कार्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै क्वारेण्टिन कार्यालय कृष्णनगर कपिलवस्तुका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत सहसराम चौधरीले जानकारी दिए ।

त्यसैगरि कार्यालयले सोहि अबधीमा ९ सय २५ विरुवा स्वस्थ्यताको प्रमाणपत्र समेत जारी गरेको उनले बताए । यस अबधीमा नेपालमा भारतबाट करिब ८२ लाख ५६ हजार ७ सय ७० मुल्यको १ लाख ६३ हजार ९ सय ३३ मेट्रिक टन खाद्यान्न, तरकारी, फलफुल, दलहन, तेलहन र मसलाजन्य सहितका अन्य बिरुवाजन्य उत्पादन आयात भएको कार्यालयको तथ्याङ्क छ । त्यसै गरि भारत तर्फ ११ लाख ७० हजार ८ सय ६ रूपैयाँ मूल्यको २८ हजार ८ सय ९९मेट्रिक टन बाँसको टोकरी, प्लाईउड र कोर भेनियर लगायतको बिरुवाजन्य उत्पादित सामग्री निर्यात भएको प्रमुख चौधरीले स्पष्ट पारे ।

कार्यालयले चैत मसान्त सम्मको अबधीमा ४४ लाख ८८ हजार ८ सय १६ रूपैया आयात निर्यात ईजाजतपत्र दस्तुर बापतको राजश्व असुली गरेको जनाइएको थियो । सुठौली भंसारमा रहेको प्लान्ट क्वारेन्टाईनको चेकपोष्टमा पूर्वाधार अभावका कारण सुबिधा सम्पन्न प्रयोगशालाको व्यवस्थापनमा समस्या भएकाले बिरुवाजन्य आयातित सामग्रीको गुणस्तर परिक्षणमा भिजसवल ईन्सपेक्सन बिधि समेत प्रयोग गर्ने गरेको बताईएको थियो ।

प्लान्ट क्वारेन्टाईनले बिरुवाजन्य उत्पादन आयातमा मुख्य गरेर रोग र किराको संक्रमणको पहिचान गरि आयात निर्यात ईजाजतपत्र दिने गरेको जनाईएको थियो । सुठौली नाकामा युएनलोकेशन कोड नभएका कारण निर्यातमा समस्या आउने गरेकोले आवश्यक निर्णयका लागि समन्वय गरि दिन केन्द्र सँग माग गरिएको चौधरीले जानकारी दिए ।

कार्यालयले चालु आवको ९ महिनामा गुणस्तर नपुगेका आयात सम्बन्धि ६७ वटा अनुमतीपत्र रद्द गरिएको जनाईएको छ । सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामीछानेले आयातित बिरुवाजन्य सामाग्रीको गुणस्तर व्यवस्थापनका लागी मापदण्ड अनुसारको मापन गर्न कार्यालयलाई निर्देशन दिए ।

उनले कानुन कार्यान्वयन र जवाफदेहीता अभिबृद्धि हुने गरि कार्यालयलाई काम गर्न सुझाव दिए । कार्यक्रममा कृष्णनगर भंसार कार्यालयका प्रमुख फणिन्द्र खतिवडा, सुठौली भंसार कार्यालयका प्रमुख नारायण प्रसाद गैरे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक लोकेन्द्र सिंह कार्की, पशु क्वारेन्टाईन कृष्णनगरका प्रमुख डाक्टर दयाराम चौधरी, खाद्य प्रबिधि आयात निर्यात कार्यालयका सुनिल पोख्रेल, प्रहरी चौकी मर्यादपुरका प्रमुख नारायण शर्मा सहित भंसार एजेन्ट प्रतिनिधि तथा सरोकारवालाको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?