Butwal Today

चालू आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान

१७ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाण्डौ ।

चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यो जानकारी दिएको हो।

अनुसार, उपभोक्ता मूल्यमा आधारित आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ। साथसाथै, कार्यालयले चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने पूर्वानुमानसमेत प्रस्तुत गरेको छ।

यसअघि, दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहेको थियो, जुन अहिलेको अनुमानभन्दा केही उच्च हो। नयाँ अनुमानले आर्थिक गतिविधिमा केही मन्दीको सङ्केत दिएको छ, यद्यपि वृद्धिदर सकारात्मक नै रहेको देखिन्छ। राष्ट्रिय लेखा अनुमानले मुलुकको समग्र आर्थिक स्वास्थ्य र नीतिगत तयारीका लागि आधार तयार गर्ने विश्वास गरिएको छ।