ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

अवैध ढाट हटाउन बाणगंगाको अटेरी

अनुगमन टोली भन्छ–बाणगंगामा अवैध निकासी भैरहेको पाइयो
१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

कपिलवस्तु, १७ वैशाख

पूर्व–पश्चिम राजमार्गमा ढाट राख्ने गरी नगर निकासीको ठेक्का लगाएको बाणगंगा नगरपालिकाले संघीय सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको निर्देशन अवज्ञा गर्दै ढाट हटाउन अटेरी गरेको छ । कपिलवस्तुका शिवराज, कृष्णनगर, बुद्धभूमी र बाणगंगाले आन्तरिक निकासी ठेक्का लगाए पनि बाणगंगाले मात्र राजमार्गमै ढाट राखेर अवैध असुली गरिरहेको छ ।

राजमार्गमा राखिएका अवैध ढाटहरु हटाउन सरकारले गरेको निर्देशन कार्यान्वयन नभएको भन्दै व्यापक विरोध भएपछि कपिलवस्तु प्रशासन कार्यालयले ढाट हटाउन बाणगंगा नगरपालिकालाई पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले नगर निकासी कर उठाउने बहानामा राजमार्ग कब्जा गरेर बलजफ्ती रकम उठाउन राखिएका ढाट हटाउन निर्देशन दिएका थिए । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले पटक पटक ढाट हटाउन निर्देशन गरेता पनि पालिकाले यसको सुनुवाई गरेको छैन । ठेकेदार विशाल दुर्गा सप्लायर्सका सञ्चालक सन्तोष मरासिनी र बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालयका छोरा रविन अर्यालको समेत शेयर रहेको उक्त नगर निकासी ठेक्काको ढाट हटाउन पालिकाले कुनै पहल नगर्ने बरु उल्टै संरक्षण गर्ने गरेको पालिकाकै एक कर्मचारीले दाबी गरे ।

बाणगंगा नगरपालिकाबाट चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको नगर निकासी कर संंकलनको ठेक्का पाएको विशाल दुर्गा सप्लायर्सले नगरपालिकाका दुई स्थानमा पूर्व–पश्चिम राजमार्गमै अवैध ढाट राखेर रकम संकलन गर्दै आएको छ । नगरपालिकाले ६८ लाखमा एक तह प्रशोधन गरिएका नदीजन्य पदार्थ निकासीमा मात्र कर उठाउन ठेकेदारलाई अनुमति दिएपनि पश्चिमका बाह्य जिल्लाबाट आउने मालवाहक साधन, भन्सार भई आउने भारतीय सवारी साधन, कृषिजन्य मालवाहक ट्रक तथा विना प्रशोधन गरिएका नदीजन्य पदार्थ निकासीमा समेत जबर्जस्ती कर उठाउँदै आएको छ ।

राजमार्गहरुमा अवैध ढाटले सास्ती पाएको भन्दै यातायात व्यवसायीले आन्दोलन गरेपछि २०७५ मंसिर १७ गतेको मन्त्रीपरिषदको निर्णयबाट राजमार्ग तथा सहायक राजमार्गमा राखिएका अवैध ढाट हटाउने निर्णय गरेर कार्यान्वयनमा ल्याइएको थियो । तर कपिलवस्तुको बाणगंगा लगायत केही स्थानीय सरकारले कर उठाउन अवैध ढाट राखेको उजुरी परेपछि गृह मन्त्रालयले पुनः २०८१ कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार गरेको थियो । तर तत्कालीन प्रजिअ विश्वप्रकाश अर्याललाई ढाट हटाउन आग्रह गर्दा समेत पालिकाको प्रभावमा बेवास्ता गर्दै आएका थिए । बाणगंगा नगरपालिकाको राजस्व शाखा, जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी तथा इलाका प्रहरी कार्यालय पिपरा लगायतका सुरक्षा निकायलाई प्रभावित बनाएको दाबी गर्ने निकासी ठेकेदार सन्तोष मरासिनीले २०८१ साउनदेखि नै खुल्लम खुल्ला राजमार्ग किनारमा ढाट राखेरै अवैध कर संकलन गर्दै आइरहेका छन् । उनले निकासी करको भ्याट छली गर्नका लागि ठेकेदारले नक्कली निकासी बिल समेत प्रयोग गरिरहेको श्रोतको दावी छ ।

यस सम्बन्धमा बाणगंगा नगरपालिका राजस्व शाखा प्रमुख मदन घिमिरेले भने विशाल दुर्गा सप्लायर्सले नदीजन्य मात्र नभई कबाडी तथा वनजन्य र पशुजन्य निकासी कर समेत लिएको बताए । ठेक्का सम्झौतामा ढाट राख्ने विषयवस्तु उल्लेख नभएको तर संकलनका लागि राख्ने बाध्यता भएको जिकिर गरे ।

विशाल दुर्गा सप्लायर्सले पशुजन्य र वनजन्य ठेक्का २२ लाखमा र ६ लाखमा कबाडी ठेक्का समेत लिएको छ । पालिकाभित्रकै मायादेवी साझेदारी वनका उपभोक्ताहरुले संकलन गरेका काठ दाउरामा समेत जबर्जस्ती निकासी कर लगाउँदै आएको ठेकेदारलाई कारवाही हुनुपर्ने वन उपभोक्ताहरुको समेत माग छ ।

मायादेवी साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष दिनेश जैसवालले ठेकेदारले पालिका निकासीको नाममा निकै ब्रम्हलुट गरेको आरोप लगाएका छन् । हामी स्थानीय उपभोक्तालाई जबर्जस्ती कर असुल्दा समेत पालिका मौन रहेको बताउँदै तत्काल दादागिरी अन्त्य गर्न उनले प्रशासनसंग आग्रह गरे । सो विषयमा प्रतिक्रिया लिंदा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले राजमार्गमा ढाट राखेर निकासी कर लिनै नमिल्ने भएकाले सो सम्बन्धमा बाणगंगा नगरपालिकामा राजमार्गमा ढाट राखेर निकासी कर लिएको सूचना सहितको प्रमाण आएकाले सो कार्य तत्काल बन्द गरी प्रशासनलाई जानकारी गराउन पत्राचार गरिएको स्पष्ट पारे ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अघिल्लो साता नै नगरलाई पत्राचार गरेको उनले जानकारी दिए । “मलाई केही केही प्रमाण पनि आयो । नगर क्षेत्रको निकासी कर त नगरले लिन पाउँछ । तर राष्ट्रिय राजमार्गमा ढाट राखेर नगरको मात्रै निकासी कर नलिंदो रहेछ । बाहिरको सँग पनि लिने गरेको प्रमाण आएकाले अबिलम्ब बन्द गरी यस कार्यालयलाई जानकारी गराउनु भनी मैले नगरलाई लेखेको छु” प्रजिअ तामाङ्गले भने ।

यता नदीजन्य पदार्थको अवैध निकासी भैरहेको समाचार बुटवल टुडेले प्रकाशन गरेपछि जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने नेतृत्वको टोलीले अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिएको हो । अनुगमनमा जिल्ला प्रहरी र सशस्त्र प्रहरीको टोली पनि सहभागी थियो ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बाणगंगामा अवैध निकासी भएको पाइएको बताए । “स्थलगत अनुगमननका क्रममा हामीले ३ वटा टिप्परले नदीजन्य पदार्थ ल्याउँदै गरेको भेटायौं, त्यस मध्ये दुईवटामा फरक फरक रसिद थिए भने एउटासँग कुनै कागजपत्र नै थिएन”–उनले बुटवल टुडेसँग भने–“त्यसपछि हामीले गाडीको चाबी नियन्त्रणमा लिएर घाटगद्धी गरेको ठाउँमा पुग्यौं, फर्किदा अर्को चावी प्रयोग गरेर टिप्पर भागिसकेका रहेछन् ।” उनले बाणगंगाबाट अवैध उत्खनन् र निकासी भएको स्पष्ट देखिएको भन्दै उनले कारवाहीका लागि पत्राचार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?