© २०२३
काठमाडौं ।
नेपालको अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार पछिल्ला वर्षमा उद्योग तथा निर्माण क्षेत्र ऋणात्मक रहेकामा यी क्षेत्र पनि धनात्मक रहेको छ ।
सरकारका अनुसार चालु आवमा सबैभन्दा बढी वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा हुने देखिएको छ । औद्योगिक वर्गीकरणअनुसार १८ मध्ये दोस्रो बढी वृद्धिदर यातायात तथा भण्डारण र तेस्रो बढी वित्तीय तथा बिमासम्बन्धि सेवामा रहेको छ ।
विद्युत तथा ग्यास उद्योग १३.८२ प्रतिशत, यातायात तथा भण्डारणमा ९.४५ प्रतिशत र तेस्रो बढी वित्तीय तथा बिमासम्बन्धि सेवामा ६.२९ प्रतिशतको वृद्धि भएको छ ।
पछिल्लो २ आर्थिक वर्षमा निर्माण, उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रमा पनि सुधार आएको छ ।
तथ्यांक कार्यालयले सबै क्षेत्रमा धनात्मक वा पोजिटिभ सुधार हुने अनुमान गरेको हो । कोरोना महामारीदेखि कुनै न कुनै क्षेत्रमा ऋणात्मक वृद्धि रहेको थियो ।