© 2026
अर्घाखाँची ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका–७ सुपा, एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय सुपा देउराली मन्दिर नजिकको झोलुङ्गे पुल छेउमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का २० वर्षीय अनिल बादी को शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
अनिल बादी आइतबार बिहान सुपा देउराली मन्दिर दर्शनका लागि गएका थिए, तर त्यही दिनदेखि सम्पर्कविहीन भएका थिए। परिवारले उनलाई खोजी गर्न प्रहरीमा जानकारी दिएको थियो।
खोजीका क्रममा, हिजो दिउँसो उनको शव झोलुङ्गे पुल नजिक मृत अवस्थामा भेटिएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।