© 2026
काठमाडौं ।
अन्तर्राष्ट्रिय ज्याज दिवस आज विश्वभर मनाइँदै छ। सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) को महासभाले एप्रिल ३० लाई अन्तर्राष्ट्रिय ज्याज दिवसको रूपमा मनाउने निर्णय गरेको थियो, जसको सम्झनामा आज यो दिवस मनाइन्छ।
ज्याज संगीत, विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त, २०औं शताब्दीको शुरुआतदेखि प्रचलनमा आएको हो। विशेष गरी पश्चिमी देशहरूमा यस सङ्गीतको लोकप्रियता विशेषगरी युवा पुस्तामा रहेको छ।
यस दिवसको उद्देश्य भनेको अन्तरसांस्कृतिक संवाद, मानव अधिकार र मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता, लैङ्गिक समानता प्रवर्द्धन, र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्नु हो।
युनेस्कोका अनुसार, ज्याजले एकता, पारस्परिक समझदारी, र सहिष्णुताका लागि अवसर सिर्जना गर्न मद्दत गर्दछ। यसले सीमान्तकृत समाजका युवालाई सशक्त बनाउन, र परम्परागत संगीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहन पुर्याउँछ।
यस दिन, विश्वभरका विभिन्न स्थानहरूमा ज्याज संगीतका कार्यक्रमहरू आयोजना गरिन्छ, जसले संगीतको माध्यमबाट विश्वभरको सांस्कृतिक एकतालाई उजागर गर्ने प्रयास गर्दछ।