Butwal Today

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित

१७ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ। सीके राउतको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लागेको थियो, तर कार्यक्रमस्थलमा नै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ।”

सचिवालयले रेशम चौधरीको पक्राउको घोर भर्त्सना गर्दै कार्यक्रम स्थगित गरिएको र कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरूसँग सम्पर्क गरेर आफ्नो घर फर्किन आग्रह गरिएको जनाएको छ। साथै, नयाँ बैठकको व्यवस्था गरिने र शीघ्र सूचना दिइने पनि उल्लेख गरिएको छ।

दुई पार्टीबीचको एकता प्रक्रियामा प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरिने तयारी गरिएको थियो, र एकता पश्चात पार्टीका संरक्षक रेशम चौधरी, पार्टी अध्यक्ष सीके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने सहमति पनि बनिसकेको थियो। तर, रेशम चौधरीको पक्राउले एकता कार्यक्रम र आगामी राजनीतिक योजनामा गम्भीर असर पुर्याउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?