Butwal Today

जनता समाजबादीको बुटवल नगरमा दिपक गुरुङ

१७ बैशाख २०८२, बुधबार
अ+
अ-

बुटवल, १७ बैशाख । जनता समाजवादी पार्टी नेपाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन बुधबार बुटवलमा सम्पन्न भएको छ । अधिवेसनबाट दिपक गुरुङको अध्यक्षतामा २९ सदस्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष इन्द्र बहादुर थापा मगर, उपाध्यक्ष पार्वती बि.क., सचिव तेज बहादुर राना मगर, स–सचिव कृष्ण कुमार क्षेत्री, कोषाध्यक्ष मुना गुरुङ्ग तथा सदस्यहरुमा सुनिता बि.क., मिना तामाङ्ग, रन्जिता चौधरी, रोशन अलि, सीता सुनार, अमर बहादुर सुनार, रमेश सुनार, गोपाल बलामी मगर, किरण थापा मगर, प्रदिप खड्का रहेका छन । यसैगरि बाकी १३ सद्स्य पार्टीको पहिलो बैठकबाट मनोनित गरिने भएको नवनिर्वाचित अध्यक्ष दिपक गुरुङले बताए ।

कार्यक्रमको पार्टीका केन्द्रिय सदस्य साबित्रा बि.क.ले उद्घाटन गर्दै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रकाश पारे । पार्टी संघीयता, समावेशिता, सामाजिक न्याय र पहिचानको मुद्दामा केन्द्रित रहेर आफ्नो राजनीतिक एजेन्डा अघि बढाइरहेको उनले बताईन ।

कार्यक्रममा पार्टीका नेता कैलास गुरुङ, मगरात राष्ट्रिय समन्वय समितिका प्रदेश अध्यक्ष कमल बुढाथोकी मगर, पार्टीका जिल्ला अध्यक्ष सियाराम यादव, दलित मुक्ति समिति लुम्बिनी प्रदेशको मुख्यसचिब शंकर किशोर बि.क., जिल्ला कोषाध्यक्ष तथा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता खड्लुक, सिद्धार्थ नगरपालिका नगर अध्यक्ष जावेद आलम, पुर्व केन्द्रीय सदस्य पार्बती बि.क.ले देशमा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय पहिचानको संरक्षण र सम्बद्र्धनमा आफुहरु निरन्तर खबरदारी गर्दै आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?