Butwal Today

चालु वर्ष प्रतिव्यक्ति आय १,५१७ डलर पुग्ने, ५० डलरले वृद्धि

१७ बैशाख २०८२, बुधबार
अ+
अ-

 काठमाडौं,१७ वैशाख।

चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय  १ हजार ५१७ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार, यो वर्ष प्रतिव्यक्ति आयमा ५० डलरको वृद्धि हुने देखिएको हो।

गत आर्थिक वर्षको अन्त्यमा नेपालको प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर रहेको थियो। त्यस वर्ष भने आयमा ५७ डलरको वृद्धि भएको थियो। यस वर्षको अपेक्षाकृत कम वृद्धिदरले अर्थतन्त्रको मन्द गतिलाई संकेत गर्ने विज्ञहरूको विश्लेषण छ। तथापि, वृद्धि दर सकारात्मक नै रहेकाले स्थायीतर्फको संकेतका रूपमा पनि यसलाई हेरिएको छ।