© 2026
पाल्पा,१७ बैशाख ।
जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालीगण्डकी नदीको खाँचमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
दर्पुक माइती घर भएकी माझी बगनासकाली – ५ मान बहादुर दर्लामीको घरमा डेरा लिई बस्दै आएकी थिइन् । मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।