Butwal Today

राष्ट्रपति पौडेलको संसद सम्बोधन वैशाख १९ गते

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौ

राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो वैशाख १९ गते, शुक्रबार, संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर यो जानकारी गराएका हुन्। संविधानको धारा ९५ अनुसार, राष्ट्रपतिले संसदको दुवै सदनलाई सम्बोधन गर्न पाउने प्रावधान रहेको छ।

राष्ट्रपतिको सम्बोधन दिउँसो ३ बजे सुरु हुनेछ। सभामुख घिमिरेले सबै सांसदहरूलाई पौने ३ बजे (२:४५ बजे) भित्र आफ्नो आसनमा बसिसक्न अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?