Butwal Today

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

प्रतिनिधि सभाको मंगलबारको बैठकले ‘भन्सार विधेयक, २०८१’ लाई बहुमतले पारित गरेको छ। सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका थिए, जसलाई सांसदहरूले बहुमतले समर्थन गरेका हुन्।

मन्त्री पौडेलका अनुसार, भन्सार नाकामा भइरहेको राजश्व चुहावट, अनियमितता र व्यापारीमाथिको अन्याय अन्त्य गर्न यो विधेयक ल्याइएको हो। उनले भन्सार बिन्दुहरूमा रहेको बेथिति हटाउन कानुनी संशोधन र एकीकरण आवश्यक भएकाले विधेयक अघि सारिएको स्पष्ट पारे।

पौडेलले विधेयकमाथि सुझाव दिने सांसदहरूप्रति धन्यवाद व्यक्त गर्दै, यसले अब भन्सार व्यापारलाई सहज बनाउने र राजश्व चुहावटमा कमी ल्याउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?