ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

चन्द्रकोटमा अध्यक्ष कपको उपाधि तुराङ्को पोल्टामा

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

गुल्मी, १६ वैशाख ।

गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल खेल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले हात पारेको छ । प्रतियोगितामा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । प्रतियोगितामा उपविजेता चन्द्रकोट–५ ग्वाघा दोस्रो र बरेङ्–३ बाग्लुङ तेस्रो बनेका छन । प्रतियोगिाताको समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले चन्द्रकोटले खेल क्षेत्रमा महत्वपूर्ण विकास गर्दै गएको भन्दै खुसि व्यक्त गरेका थिए ।

उनले यस्ता प्रतियोगिताले युवामा सकारात्मक सोंचको विकास गर्नुका साथै समाजमा एकता र गतिशीलता ल्याउने बताएका थिए । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिताको समापन बरालले गरेका हुन । तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा चन्द्रकोट गाउँपालिका भित्रका १० वटा टोली सहित मुसिकोट नगरपालिकाका, कालीगण्डकी गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी १६ टोलीहरूको सहभागिता रहेको थियो ।

चन्द्रकोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगितालाई खेल महोत्सवको रूपमा स्थापना गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताएका छन । उनले आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित रूपमा भव्य र प्रतिस्पर्धात्मक बनाउने बताए । प्रतियोगितामा पहिलोहुने समूहलाई ७० हजार, दोश्रोलाई ५० र तेश्रोहुने समूहलाई ३० हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध पौडेलले जानकारी दिएका छन । कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र उपाध्यक्ष भीमसेन वन लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय राजनैतिक दलहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सहभागिता रहेको थियो । पछिल्लो समयमा चन्द्रकोट गाउँपालिकाले खेल क्षेत्रको विकास थप सहयोग पुराउँदै जान थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?