ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

घृणा र नकारात्मक सोचले थलिएको नेपाली राजनीति

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

नेपालको राजनीतिमा सकारात्मक पक्षहरूको पनि लामो सूची छ । फरक विचार, फरक पृष्ठभूमिका पार्टीहरू र नेताहरू मिलेर ठूलो राजनीतिक परिवर्तन सम्भव बनाएका छन् । राजतन्त्रको अन्त्य, संविधान सभाबाट संविधान निर्माण, दशकौंदेखिको सशस्त्र द्वन्द्वलाई वार्ताबाट समाधान जस्ता ऐतिहासिक उपलब्धिहरू नेपाली राजनीतिले हासिल गरिसकेको छ । सहमति, सहकार्य र साझा लक्ष्यमा एकता देखाउने क्षमताले कहिलेकाहीँ यस्तो प्रेरणा दिन्छ कि—नेपाल असम्भवलाई सम्भव बनाउन सक्ने देश हो । तर, अहिले भिन्न मत भएका दलहरूले राष्ट्रिय स्वार्थका लागि हातेमालो गर्ने कटु इतिहासलाई बिर्सेर नयाँ यात्रा सुरु गर्ने क्षमताले नेपाललाई विशिष्ट बनाएको उदाहरणमा हिलो छ्याप्ने प्रवृत्ति बढेको छ । प्रेरणादायी क्षणहरू दुर्लभ बन्दै गएका छन् । परिवर्तनको त्यो भावना अब विसर्जित हुने त होइन भन्ने चिन्ता थपिएको छ । पछिल्लो समय नेपालको राजनीतिक वातावरण घृणा, नकारात्मक सोच र अविश्वासको दलदलमा फसेको अनुभव हुन थालेको छ ।

इतिहासको उज्यालो र छायाँ
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियान राष्ट्र निर्माणको महान यज्ञ थियो । उनले ‘चार जात, छत्तीस वर्ण’ लाई एउटै मालाभित्र गाँसेर एउटै राष्ट्रको सपना देखेका थिए, जुन समावेशी सोचको दृष्टिले निकै महत्वपूर्ण थियो । तर समयक्रममा यो समावेशीता व्यवहारमा पूर्णरूपमा कार्यान्वयन हुन सकेन भन्ने धारणा रहँदै आएको छ । यही अपूर्ण अभ्यासका कारण कतिपय वर्ग र समुदायमा असन्तुष्टि र उपेक्षाको अनुभूति विकसित भयो भन्ने तर्कहरू पनि प्रस्तुत हुने गर्छन् । त्यसपछि आएको राणा शासनको निरंकुशता र त्यसपछिको पञ्चायती व्यवस्थाले विचारको स्वतन्त्रता कुण्ठित ग¥यो । स्वतन्त्र बहसको सट्टा आदेश र आज्ञापालनको संस्कृति हावी भयो । यसले राजनीतिमा प्रतिस्पर्धाको ठाउँमा प्रतिशोध, संवादको ठाउँमा शङ्का र बहसको ठाउँमा बहिष्कारको संस्कार रोप्यो । इतिहासका यस्ता घाउहरूले आजपनि नेपाली राजनीतिक मानसपटलमा गहिरो प्रभाव पारिरहेकै छन् ।

बहुदलको बहस र विवाद
२०४६ सालपछि नेपाल बहुदलीय प्रजातन्त्रमा प्रवेश ग¥यो । यो जनताको लामो संघर्ष र बलिदानको प्रतिफल थियो । सुरुका केही वर्षहरूमा राजनीतिक चेतना र उत्साह उच्च थियो । तर त्यसपछि राजनीतिक दलहरूले विचारको प्रतिस्पर्धा होइन, व्यक्तिको बदनाम गर्ने प्रवृत्तिलाई सशक्त बनाए । ‘हाम्रो पार्टी मात्र देशभक्त, बाँकी सबै देशघाती’ भन्ने मानसिकता फैलियो । संसदमा नीति र कार्यक्रममाथि भन्दा नेताको विगत र व्यक्तिगत कमजोरीमाथि बहस हुन थाल्यो । नकारात्मक सोचले राजनीतिलाई प्रतिस्पर्धाको भन्दा पनि ‘बदला’ को मैदान बनायो । मतभेदलाई शत्रुता, आलोचनालाई व्यक्तिगत अपमानको रूपमा बुझ्ने प्रवृत्तिले लोकतान्त्रिक चरित्रको अपमान भयो । फलतः आम जनतामा राजनीतिप्रति वितृष्णा फैलिन थाल्यो । युवापुस्तामा राजनीति भनेको ‘फोहोरी खेल’ भन्ने धारणाले जरा गाड्न थाल्यो ।

गणतन्त्रको गन्तव्य र घृणाको गति
२०६२/०६३ को जनआन्दोलनपछि नेपालले गणतन्त्र, संघीयता र समावेशिताको नयाँ बाटो लियो । एक प्रकारले नेपाली जनताको दीर्घकालीन सपना साकार जस्तै भयो। तर, नीतिगत परिवर्तनको यो यात्रालाई घृणाले कहिल्यै छाडेन । सत्तामा पुग्ने लोभ, सत्ताबाट खसाउने षड्यन्त्र, र नकारात्मक प्रचारले मुलुकको राजनीतिक स्थायित्व तहसनहस बनायो । सरकार बनाउने र भत्काउने खेलमा राजनीतिक दलहरू एकआपसमा आरोप–प्रत्यारोपमा रमाउन थाले । विचार, नीतिका बहस हराउँदै गयो, र व्यक्तिगत हिसाब–किताब प्रमुख एजेन्डा बन्यो । सामाजिक सञ्जालको विस्फोटसँगै राजनीतिक बहसले अझ विकराल रूप लियो । तथ्यभन्दा भ्रामक सूचना, विचारभन्दा लाञ्छनाले प्राथमिकता पाउन थाल्यो । राजनीतिक व्यक्तित्वको चरित्र हत्या र घृणापूर्ण संवाद सामाजिक प्रवृत्तिमा रूपान्तरित भयो । यतिसम्म हुन थाल्यो कि– राजनीतिक मतभेद सहन नहुने, आलोचनालाई देशद्रोह ठान्ने प्रवृत्ति बलियो भयो । यसले राजनीतिक असहमतिको संस्कृति होइन, राजनीतिक विखण्डनको संस्कारतर्फ धकेलिरहेको देखिन्छ । सामाजिक सञ्जालको एउटा सानो स्टाटस पनि अहिले यति प्रभावशाली बन्न पुगेको छ कि कुनै नेताले आफ्नो वास्तविक अनुहार लुकाउन सक्दैन । नेताको अभिव्यक्ति र कार्यबीचको अन्तर समाजमा छर्लङ्ग हुँदै आएको छ । सामाजिक सञ्जालले नेताहरूलाई जवाफदेही बनाउने शक्ति त दियो, तर त्यसैसँग अनियन्त्रित घृणा, गाली र चरित्र हत्या प्रवृत्तिले राजनीतिक संवादलाई विकृति गरिरहेको पनि देखिएको छ । यथार्थ उजागर गर्नु र घृणा फैलाउनुबीचको भिन्नता छुट्याउन नसक्दा राजनीति अझै ध्रुवीकरण र अविश्वासको भूमरीमा तानिएको छ ।

नयाँ पार्टीप्रतिको आशा, आक्रोश र विरोधको भाषाशैली
यही निराशाको मौकामा पछिल्ला केही वर्षयता नयाँ राजनीतिक शक्तिहरू जन्मिए । नयाँ दलहरूले पुराना पार्टीहरूको विफलता मुद्दा बनाएर जनताको मन जित्ने प्रयास गरे। युवावर्ग विशेषतः यिनको ऊर्जा र परिवर्तनको भाषामा आशावादी भयो । तर यिनको अभिव्यक्तिमा पनि पुरानै शैलीको घृणा र आक्रोश देखिन थाल्यो । पुराना दलहरूलाई ‘भ्रष्ट’, ‘दलाल’, ‘देश बेचुवा’ जस्ता शब्द प्रयोग गरेर गाली मुख्य अस्त्र बनाइयो। जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने शैलीले राजनीतिक सस्कार र संवादको स्तरलाई झनै खस्कायो । घृणाका भाषाशैली फेरिए, तर मानसिकता उस्तै रह्यो। नयाँ दलहरू पनि विरोध र नकारात्मक प्रचारमै रमाउन थाले । न त पुराना दलहरू आत्ममूल्यांकन गर्न तयार भए, न त नयाँ दलहरूबाट परिपक्व वैचारिक बहस र समाधानको खाका प्रस्तुत भयो । यसले राजनीतिलाई केवल आलोचनाको खेल बनायो, जसले जनताको आशा फेरि निराशामा परिणत हुन थाल्यो । राजनीतिमा घृणा र नकारात्मक सोचले केवल नेताहरूको सम्बन्ध बिगारेन, यसले जनताको राजनीति प्रतिको विश्वास समेत कमजोर बनायो । राजनीति प्रतिको विश्वास हराउनु भनेको लोकतन्त्रको मेरुदण्ड भाँचिनु हो।आलोचना हुनुपर्छ—तथ्य र प्रमाणमा आधारित। मत फरक पर्नु राजनीति हो; मत फरक भएकालाई घृणा गर्नु अधिनायकवाद हो ।

समाधानको बाटो
अबको आवश्यकता भनेको राजनीतिक सोचमा आत्म–समिक्षा, सहिष्णुता र सहकार्यको संस्कार बहस हुनुपर्छ—नीति, कार्यदिशा र मूल्यमा । नेपाली राजनीतिलाई घृणा र नकारात्मकताको दलदलबाट मुक्त गराउन राजनीतिक चेतनाको पुनर्जागरण अपरिहार्य छ। आज राजनीतिको मूल उद्देश्य सत्ता प्राप्ति जस्तो देखिएको छ; तर राजनीतिको मूल आत्मा त राष्ट्र सेवा हो । जनताको आकांक्षा, संघर्ष र विश्वासले राजनीति जिउँदो रहन्छ। यदि राजनीतिले जनताको पीडा सम्बोधन गर्न सकेन भने, त्यो केवल व्यक्तिको सत्तालिप्सा र गुटबन्दीको खेल बन्न जान्छ । अहिलेको अवस्थामा आवश्यक छ– जनताले समेत राजनीतिप्रति जिम्मेवार दृष्टिकोण अपनाउन । भावनामा बहकिने होइन, तथ्यमा आधारित भएर निर्णय गर्ने संस्कृति विकास गर्नु अनिवार्य छ। त्यसका लागि शिक्षित, सचेत र आलोचनात्मक सोच भएका नागरिक चाहिन्छन्, जसले नेताहरूलाई प्रश्न गर्छन्, जवाफ माग्छन्, र सहिष्णुतापूर्वक बहस गर्छन्। यही प्रक्रिया लोकतन्त्र बलियो बनाउने आधारशिला हो । सामाजिक सञ्जालमा आएका बिचारहरूलाई पनि विवेकपूर्ण रूपमा बुझ्न जरुरी छ । यथार्थ उजागर गर्ने पोस्ट र नियोजित घृणा फैलाउने पोष्ट छुट्ट्याउने क्षमता विकसित गर्नुपर्छ । नेताहरूले आफ्ना कमजोरीबाट सिक्नुपर्छ र जनताले पनि आलोचनालाई भावनामा होइन, विवेकमा तौलिनु पर्छ । राजनीति घृणाले होइन, विचार र सेवा भावले अगाडि बढ्नुपर्छ भन्ने मूल सन्देशलाई अब प्रत्येक नागरिक र नेताले आत्मसात गर्न जरुरी भइसकेको छ । पुराना दलहरूले सच्चिने आँट गर्नुपर्छ । गम्भीर आत्ममूल्यांकन गर्दै सच्चा लोकतान्त्रिक अभ्यासतर्फ फर्किनुपर्छ । नयाँ दलहरूले पनि केवल विरोधको शैली होइन, वैकल्पिक दृष्टिकोण र समाधान दिने संयमित र गरिमायुक्त भाषाशैली सिक्नुपर्छ । देशलाई परिवर्तन गर्नु भनेको केवल व्यवस्था बदल्नु होइन; सोचाइ, संस्कार र व्यवहार बदल्नु हो । त्यही परिवर्तनबाट मात्र घृणामुक्त र समुन्नत नेपाल निर्माण सम्भव हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?