Butwal Today

सुनको भाउ फेरि बढ्यो

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं,१६ वैशाख ।

स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला रु १,८८,३०० मा कारोबार भएको सुन आज रु ५०० ले बढेर रु १,८८,८०० पुगेको छ।

सुनको भाउमा आएको यो वृद्धिले उपभोक्ताको ध्यान तानेको छ, भने बजारमा समेत हलचल देखिएको छ। यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला रु १,९७० कायम रहेको छ।

अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा, सुन प्रतिऔँस ३,३१० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ। विश्लेषकहरूका अनुसार, विश्व बजारमा देखिएको अस्थिरता, मुद्रास्फीति तथा लगानीकर्ताको आशङ्काले सुनको मूल्यमा दबाब सिर्जना गरेको हो।