ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

मल आपूर्तिको व्यवस्था समयमै गर

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

अबको करीब दुई महिनापछि किसानका लागि रोपाईको चटारो सुरु हुँदैछ । किसानले रोपाईका लागि खेत खनजोतको काम सुरु गरिसकेका छन भने मलको जोहो गर्ने तयारी पनि सुरु भैरहेको छ । तर, सरकारसंग मल छैन । नेपाली अर्थतन्त्रको फराकिलो आधार भनेकै कृषि क्षेत्र हो । कृषिजन्य उत्पादन एवं व्यापारमा प्रतिस्पर्धा, व्यवसायीकरण र विविधीकरणमा जोड दिनुपर्ने आवश्यकता छ । नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकार स्वीकारेको छ भने सबै राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा कृषिको चौतर्फी विकास गर्ने, कृषि क्रान्ति गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, विदेशमा पलायन भएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नेजस्ता थुप्रै ललिपप राखिएको छ । तर, वास्तविकता अर्कै छ । किसानले यो बर्ष पनि मल पाउने अवस्था छैन ।

सरकारसंग मलको पर्याप्त मौजदात छैन । मल आपूर्तिका लागि सरकारले बल्ल कोटेशन आह्वान गरेको छ । मल आईपुग्न यो बर्ष पनि ढिलाई हुने अवस्था छ । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरणको लागि विशेष मुद्दाहरूमा सरकार, सहकारी र निजी क्षेत्रले विशेष ध्यान दिनु जरुरी छ । नेपालमा करिब २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन भएको अनुमान छ । त्यसमध्ये करिब १७ लाख ६६ हजार हेक्टर मात्र हाल सिंचाइ सुविधा पु¥याउन सकिने अवस्था रहेको सरकारी तथ्यांक छ । त्यसमा पनि आवश्यक मल समयमै नपाउँदा हरेक बर्ष उत्पादन घटिरहेको छ । यो बर्ष पनि खेतीपाती गर्ने समय नजिक आईसकेको छ ।

हरेक बर्ष जेठ महिनाबाट तराईका किसानले ब्याड राख्ने र त्यसपछि रोपाईको मेलो तयार गर्ने गर्दछन । खेतीपातीकै बेला किसानलाई मलको हाहाकारले सताउने गर्दछ । सरकारले किसानको यो समस्यालाई बुझेर यो बर्ष समयमै मलको व्यवस्था गर्नेतर्फ ध्यान दिनु जरुरी छ । मल पाएको अवस्थामा किसानले युरिया, डिएपी र पोटास खरिद गर्न आतुर छन तर यतिबेला युरिया मल कतै पाइएको छैन । किसानले युरिया मलको खोजी गरिरहँदा भने बजारमा मलको अभाव भएको गुनासो बढेको छ । लुम्विनी प्रदेशका सांसदहरूले प्रदेश सभाको बैठकमा रोपाईको बेला आउँदै गर्दा पटकपटक मलको सहज आपूर्तिको बिषयमा कुरा उठाउँदै आएका छन तर संघीय जस्तै प्रदेश सरकारले पनि त्यति चासो दिएको छैन ।

प्रदेश सरकारले गत बर्ष समय अगावै मलको व्यवसथा गर्ने घोषणा गरेको थियो तर सरकारले किसानलाई आश्वासनमात्र दियो । मल दिन सकेन । यद्यपि कृषकहरूले समयमै मल नपाउने समस्या अहिलेमात्र नभै धेरै वर्ष अघिकै समस्या हो । देश संघीय प्रणालीमा गएको र प्रदेशमा सरकार बनेलगत्तै धेरै आशा गरिएको थियो । बिडम्वना भनौं मलकै अभावले किसानहरू समस्या छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ । मुलुकको झन्डै दुई तिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् ।

यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझैपनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । त्यसमाथि मलको समस्याले संकट नै निम्त्याएको छ । समयमा मल नआउँदा उत्पादनमा भारी कटौती हुने गरेको छ भने खेती गरिसकेपछि मात्र मल आउने जुन बाध्यता छ त्यसको अन्त्य गर्नैपर्दछ । पछिल्ला दिनमा कृषि क्षेत्रमा लगानीको आकर्षण पनि बढ्दो छ र वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै रहरलाग्दो व्यवसाय सुरु गरेका प्रशस्त उदाहरण पनि छन् । अहिलेसम्म सरकारले मलपनि समयमा उपलव्ध गराउन नसक्दा उत्पादकत्व बृद्धि हुन नसक्ने स्वयंसिद्ध तथ्य हो । यस विषयमा सरकारको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?