Butwal Today

तुलसीपुरको कर्मचारीले गाडी सिक्दै गर्दा स्कुटरलाई ठक्कर दिई २ जना घाइते

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

दाङ, १६ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाको यान्त्रिक शाखा प्रमुख तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख ४२ बर्षीया रेवा रावतले सिक्ने क्रममा मेयरले प्रयोग गर्ने रा १ झ १४२ नम्बरको कारले ठक्कर दिदा दुई जना घाइते भएका छन् । तुलसीपुरका मेयरले प्रयोग गर्ने पुरानो गाडी सिक्दै गरेकी ती कर्मचारीले स्कुटरलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।

कारको ठक्करबाट तुलसीपुर – ५ का ४२ बर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ बर्षीया प्रिन्स बुढाथोकी घाइते भएका छन् । उनीहरु दुबैजनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यान्त्रिक शाखा प्रमुख रावतले सिक्ने क्रममा सडकमा आई चलाउँदा मंगलबार बिहान साढे ९ बजेतिर प्र २ ००१ प १६७९ नम्बरको स्टुरलाई तुलसीपुर – ५ सुकौरा रोडको पानी ट्याङ्की नजिकै ठक्कर दिएको इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।गाडी चालक तुलसीपुर – ६ की रावतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । केही बेरपछि उनलाई घाइतेको उपचारका लागि खटाइएको प्रहरीले जानकारी दिएको छ ।