ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

विमान नउड्ने विमानस्थलमा १० अर्बको भ्रष्टाचार

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

काठमाडौं, १६ बैशाख ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार र अनियमितता भएको ठहर गरेको राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ । ठेक्का प्रक्रियामै लागत बढाउने क्रममा वार्ता (नेगोसिएसन) गरिएकोले अनियमितता भएको दाबी गरिएको छ । समितिमा रहेका सबै दश जना सांसदहरूले हस्ताक्षर गरेपछि लिङ्देनले नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटा र तारा लामाले भने थप राय लेखेका छन् । उपसमितिको प्रतिवेदन संयोजक लिङ्देनले पोखरा एयरपोर्ट निर्माणका क्रममा झन्डै १० अर्बको अनियमितता भएको हिसाब प्रस्तुत गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टेन्डर आह्वान हुँदा झन्डै १४ अर्ब लागतको अनुमान गरिएको तर सम्झौता गर्दा २२ अर्बमा गरिएकाले त्यसमा भ्रष्टाचार भएको लिङ्देनले बताए । ‘१४ अर्बको लागतलाई २२ अर्ब पु¥याइयो । ठूलो अङ्कमा लागत इस्टिमेट बढाउने कामलाई भ्रष्टाचार र अनियमितताका रूपमा औँल्याइएको छौं’, लिङ्देनले भने, ‘त्यसलाई भ्रष्टाचार भनिन्छ कि अनियमितता भनिन्छ कि बेरुजु भनिन्छ भन्ने कुरा अख्तियार वा अन्य सम्बन्धित निकायले हेर्नुपर्ने विषय हो। हामीले त्रुटि औँल्याइदियौं ।’

‘१४ अर्ब लागत इस्टिमेट राखेर २२ अर्बमा नेगोसिएसनमा ठेक्का लगाइयो, त्यो अनियमितता त भयो भयो। त्यो २२ अर्बमा पनि गरिनुपर्ने काम हाम्रो आँखाले हेर्दा पनि देखिएन । कागजपत्रले पनि त्यसलाई सपोर्ट गरेन। आयोजनासँग सम्बन्धित पदाधिकारीसँग कागजपत्रहरू माग्यौँ । त्यसले सपोर्ट गरेन,’ उनले भने । लिङ्देनले पोखरा एयरपोर्ट निर्माणका क्रममा भएको सम्झौतामा २ अर्बको माटो ल्याएर पुरेर रनवे निर्माण गर्नुपर्ने भनिएको तर त्यसरी माटो ल्याइएको नपाइएको बताए । ‘२ अर्बभन्दा बढी लागतमा माटो ल्याएर पुर्नुपर्ने भन्ने सम्झौतामा छ । तर माटो ल्याएको कहीँ पनि देखिँदैन । त्यसलाई हाम्रो आँखाले अनियमितता मान्यो,’ उनले भने ।

२ अर्ब भन्दा बढीको माटो ल्याएर रनवे बनाउने ठाउँ पुर्नुपर्ने भनिएको तर माटो खरिद गरिएको कुनै कागजात नभेटिएको उनको भनाइ छ । ‘माटो कहीँबाट ल्याइएन, त्यत्रो परिणामको माटो पोखरामा कहीँबाट किनेर ल्याएको र माटो ल्याए बापत कर तिरेको बिल छैन’, लिङ्देनले भने, ‘माटो ल्याएको कहीँबाट पनि प्रमाणित भएन ।’ त्यस्तै उपसमितिले चिनियाँ निर्माण कम्पनीले नै पोखरा एयरपोर्टमा विमान ल्यान्डिङको अवरोधमा रहेको छिने डाँडा कटौती गर्नुपर्ने भए पनि नागरिक उड्ययन प्राधिकरणले कटौती गरेको त्यस क्रममा भएको ३२ करोड २ लाख खर्चलाई पनि अनियमितताका रूपमा औँल्याएको छ।

‘छिनेडाँडा कटानका सम्बन्धमा– सम्झौतामा निर्माण कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थल चालु हालतमा बुझाउने दायित्व हुने भनिएको छ। त्यो क्रममा रूख काटिन्छ कि घर हटाउनुपर्छ कि क्षतिपूर्ति तिर्ने हो । उसको जिम्मेवारी हो’, लिङ्देनले भने, ‘३२ करोड २ लाख खर्च गरेर छिनेडाँडा काटिएको छ ।’ त्यसैगरी सुरूआतमा करसहित निर्माणको लागत तय गरिएको तर पछि कर छुट दिने गरी भएको निर्णयलाई पनि भ्रष्टाचारका रूपमा लिङ्देनले उल्लेख गरे ।

‘सम्झौतामा यो मूल्यभित्र सम्पूर्ण कर समावेश छन् भनेर लेखिएको छ । कर दायित्व निर्माण कम्पनीको हुने प्रस्ट हुँदा हुँदै पछि छुट्टै सम्झौता गरेर कर छुटको निर्णय गरिएको छ । त्यस बापत २ अर्ब २२ करोड ४० लाख रूपैयाँ कर फिर्ता दिने निर्णय भएको छ’, लिङ्देनले भने, ‘त्यसलाई बेरुजु भन्ने भ्रष्टाचार भन्ने त्यसलाई संवैधानिक र कानुनी व्याख्या गर्ने जिम्मेवारी अन्य निकायको हो तर त्यो अनियमितता हो । भ्रष्टाचार हो भन्ने हाम्रो ठहर छ ।’

उपसमितिले यसरी कर छुट दिने राजनीतिक नेतृत्वको नाम उल्लेख गरेको छ । अर्थ मन्त्रालयलाई पटक–पटक पत्राचार गरे पनि जबाफ नदिएको लिङ्देनले बताए । ‘अर्थ मन्त्रालयबाट यो मितिमा कर छुट दिने निर्णय भयो भन्ने पायौं । तर को को पदाधिकारी थिए । सदस्य थिए भन्ने अर्थ मन्त्रालयबाट माग्न तीन पटक पत्र लेख्यौं। हामीलाई जबाफ दिएन’, उनले भने, ‘त्यही कुरा प्रतिवेदनमा उल्लेख गरेका छौं ।’ नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी कतिपय निर्णयका हस्ताक्षरकर्ता भएकाले निलम्बनको सिफारिस गरिएको लिङ्देनले उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?