ट्रेंडिंग:

>> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण

डिभिजन कार्यालय नै खारेज गराउन चुनौति

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

नवलपरासी, १६ बैशाख ।

जिल्ला समन्वय समिति सहित सात पालिकाले आफुलाई कारबाही गर्ने सिफारिस प्रति प्रतिकृया दिँदै डिभिजनल वन अधिकृत (डिएफओ) जिवन पँगेनीले डिभिजन वन कार्यालय नै खारेजी गराउने चुनौती दिइएका छन् । स्थित वन डिभिजन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत (डिएफओ) लाई आवश्यक कारवाहीका लागि जिल्लाका सातवटै पालिकाले माग गरेको समाचार सार्वजनिक भए पछि उनले फोन सम्पर्क गरेर उक्त चुनौती दिइएका हुन् ।

डिएफओलाई के कारवाही गर्न सिफारिस गरेका हुन, डिभिजन बन कार्यालय नै खारेज गरे पछि डिएफओ त्यसै गईहाल्छन् भनि आक्रोस पनि पोखेका थिए । लोकसेवा पास गरेर आएका राष्ट्रसेवक कर्मचारी कानुनको अधिनमा बसेर काम गर्ने हुन, उनले भने, कुनै नेता, जनप्रतिनिधिको कानुनले नमिल्ने अवस्थामा दवाव र प्रभावमा परि हस्ताक्षर गर्दै जानु कानुनको खिल्ली उठाउनु हो, त्यो कर्मचारीले गर्न मिल्दैन् । अझ बन क्षेत्र राष्ट्रिय कानुनले मात्रै नभई केही अन्तर्राष्ट्रिय कानुनलाई पनि सम्बोधन गर्नु पर्छ । वन क्षेत्र भित्र रहेका खोलाजन्य पदार्थले कस्लाई नोक्सान पु¥याउछ ? उनले प्रश्न गरेका थिए । बनक्षेत्र बाहिरका खोलामा खोलाजन्य समाग्रि उठाउन कहाँ बनले रोकेको छ ? एकै नासले जनप्रतिनिधिहरूले हेर्नु गलत हो ।

सुनवल नगरपालिकाले गराएको खोलाजन्य सामग्रीको निकासी गर्ने स्थान अधिकांस चुरे र बन क्षेत्र भित्र रहेका छन् । यी कुरा पानि समन्वय प्रमुख वा स्थानिय तहका जनप्रतिनिधिले हेक्का राख्नु पर्छ । नदीजन्य तथा खानजिन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकमा नआउने आउँदा पनि हस्ताक्षर नगरि भाग्ने आरोप गलत भएको उनले दाबी गरेका हुन् । आफूले त्यसमा डिफेन्स पनि गरेको हो, उनले भने, अध्ययन नै नगरि जनप्रतिनिधिले जे जहाँ भने त्यही हस्ताक्षर गर्दै जानुपछि आफ्नै जागिर धरापमा किन पार्ने ? उनले थपे, लोकसेवा दिइएर राज्यको सेवा गर्न आएको हो । राज्य भनेको स्थानीय सरकार मात्रै होईन् । राज्यभित्र प्रदेश सरकार पनि छ, संघीय सरकार पनि छ, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरू पनि छन् । जनता पनि छन्, यी सबैले ती कुरा हेर्दै आएका छन् । वन कार्यालयको प्रमुख दायित्व वन र वन क्षेत्रको संरक्षण गर्नु हो, राजस्व उठाउनु सहायक जिम्मेवारी मात्र हो ।

सुनवल नगरपालिका भित्रका तुरिया खोलाको खण्ड १, खण्ड २ चुरे भित्र पर्छ । खण्ड ३ र खण्ड ४ मात्रै चुरे बाहिर छ । बिसासय खोला ७ वटै खण्ड चुरे भित्र पर्छ । विसासय कै खण्ड २ क पनि चुरे क्षेत्रमा छ । उक्त खोलाको खण्ड ख २ को ख मात्रै चुरे बाहिर छ । भुमही खोलाको दुई वटा खण्ड चुरे बाहिर रहेको छ । यि खोलाबाट सुनवल नगरपालिकाले झण्डै ६० हजार घनमिटर खोलाजन्य समाग्रिको निकासी गर्न सहमाति जुटाउन खोजेको हो । तर त्यही सुनवल नगरपालिकामा अहिले एक करोड २० लाख खचेर दुई वटा स्कार्पिय खरिद गरेको सर्वत्र आलोचनाको विषय बनेको छ । एउटा स्कार्पियो हुँदाहुँदै थप दुई स्कार्पियो खरिद गरि राजश्वको दुरूपयोग मात्रै नभई अर्थमन्त्रालयले नयाँ सवारीसाधन खरिद नगर्न आर्थिक मितब्यीता गर्ने सुझाव समेत लत्याएका छन् । जनप्रतिनिधि वेतनभोती मात्रै नभई सुविधा भोगी पनि देखिन थालेका छन् । डिएफओको उक्त कदमको जनस्तरबाट समर्थन पनि भई रहेको समाचारहरूको टिप्पणीमा देखिका छन् ।

बैशाख २ गते जिल्ला स्थित स्थानिय जनप्रतिनिधिहरूको बैडकले डिएफओ पंगेनीलाई आवश्यक कारवाहीका लागि निर्णय गरेका थिए । उक्त निर्णय जिल्ला समन्वय समितिले पत्रचार गरि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयसँग माग गरिएको जनाएको छ । जिल्लामा गठित ढुगाँ, गिटी बालुवा, उत्खनन, विक्रि वितरण तथा ब्यवस्थापन समितिले निर्णय गरेर राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिको कार्यालयमा पठाउने र पछि सो कार्यालयले अनुगमन गरे पश्चात मात्र जिल्लाका खोलानाला नदीबाट निकासी गर्न पाउने प्रावधान छ । सो समितिको सदस्यमा डिभिजन वन कार्यालय पनि सदस्य रहेको छ । वन कार्यालयका प्रतिनिधिले सहमति र हस्ताक्षर नगर्दा विभिन्न खोलाबाट निकासी गर्न चुरेले सहमति दिन मानेको छैन् ।

चुरेले सहमति दिन बनका प्रतिनिधिको हस्ताक्षर नभएको भन्दै अनुगमन गर्न नमान्दा खोलाको निकासी ठेक्का गर्न समस्या देखिएको अनुगमन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बताएका थिए । उनका अनुसार समितिमा बस्ने तर हस्ताक्षर नगर्ने, हस्ताक्षर गर्दा केही कैफियत छ, भन्ने उल्लेख गरेर पनि हस्ताक्षर गर्नुपर्छ । तर डिएफओले त्यो पनि नगरे पछि जिल्लाका सातवटै पालिका प्रमुखले आवश्यक कारवहीका लागि सम्बन्धित मन्त्रालयमा लेखि पठाउने भनि गरेको निर्णय अनुसार आफुले सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाएका थिए । खोला निकासी नहुदा चोरी तस्करी बढेको छ । बैधानिक निकासी नगर्दा एका तिर निर्माण समाग्रिको अभाव सिर्जना हुने आर्को तिर चोरी निकासी पनि बढने, राजस्व पनि नउठ्ने अवस्था छ । यसमा सहयोग भन्दा अवरोध सृजना भएको जिल्ला अनुगमन समितिले आवश्यक कारवाहीका लागि लेखि पठाउने निर्णय अनुसार कारवाहीको माग गरिएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?