ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

काठमाडौँ ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको लागि मातहतका समितिलाई वैशाख मसान्तसम्मको समय दिएको छ ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले वैशाख मसान्तसम्मको समय दिएको समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।  उक्त समितिमा चौधरीसहित सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) समेत सदस्य छन् ।

‘क्रियाशील सदस्यता नवीकरणका लागि जिल्ला समितिहरूलाई वैशाख मसान्तसम्मको समय दिने निर्णय समितिको आजको बैठकले गरेको छ,’ चौधरीले भने, ‘उनीहरूले सदस्यता नवीकरणको काम अनलाइनमा गर्नुपर्छ । हामीले पार्टी वेबसाइटमा वैशाख मसान्तसम्मका लागि जिल्लालाई क्रियाशील सदस्यता नवीकरण गर्न एक्सेस दिन्छौँ ।’

मसान्तसम्म नसकेमा एक्सेस स्वतः बन्द गर्ने निर्णय पनि समितिले गरेको चौधरीको भनाइ छ । नवीकरणको काम सकेपछि मात्रै नयाँ सदस्यताबारे प्रक्रिया अघि बढाउने निर्णयसमेत समितिको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत पुस १९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर चैत मसान्तसम्म नवीकरण गरिसक्न निर्देशन दिएको थियो ।

केन्द्रीय कार्यसमितिको सोही निर्देशन बमोजिम समिति संयोजक महामन्त्री थापाले गत माघ ३ गते ७७ वटै जिल्ला समिति सभापतिहरूलाई परिपत्र गर्दै चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म  क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए ।

परिपत्रमा बोधार्थ र कार्यार्थ सबै प्रदेशका सभापति, सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै प्रदेशसभा क्षेत्रीय कार्यसमिति, सबै पालिका सभापति र सबै वडा सभापतिलाई दिइएको थियो ।

विवाद रहेका जिल्लामा नवीकरण नटुंगिएपछि चैत मसान्तमा १५ दिन म्याद थप्ने निर्णय समितिले गरेको थियो । त्यो समयमा पनि नसकेपछि आज पुनः वैशाख मसान्तसम्मको समय दिने निर्णय समितिले गरेको हो ।

कांग्रेसमा पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले गत निर्वाचन र उपनिर्वाचनमा बागी उठेका र उनीहरूको प्रस्तावक, समर्थक बसेका तथा सहयोग गरेकाहरूविरुद्ध परेको उजुरी फर्स्यौट नगरिदिँदा क्रियाशील नवीकरण प्रभावित बनिरहेको छ ।

आनन्दप्रसाद ढुंगाना संयोजकत्वको अनुशासन समितिमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम, र राजीव कोइराला सदस्य छन् । गुटगत रूपमा बनाइएको समितिले आफ्नो गुटका नेता कारबाही गर्न लागेमा नगर्न वकालत गर्दा समिति अनिर्णीत बनिरहेको छ । उजुरी फर्स्यौट गर्ने विषयमा शीर्ष तहमा सहमति हुन नसकेकाले त्यसको प्रभाव क्रियाशील नवीकरणमा परिरहेको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणको काम त्यो काम समयमा भएको छ कि छैन ? नभएको भए के कारणले भएको छैन भन्ने बुझ्न मधेस र लुम्बिनी प्रदेशमा प्रकाश रसाइली (स्नेही), बागमती र गण्डकी सीता गुरुङ र कोशी, कर्णाली र सुदूरपश्चिम योगेन्द्र चौधरीलाई स्थलगत अनुगमनमा पठाएको थियो ।

उनीहरूले स्थलगत अनुगमनबाट तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको समिति बैठकले १९ जिल्लामा नवीकरणमा विवाद देखिएको निक्र्यौल गरेको थियो । प्रदेशगत रूपमा हेर्दा सात प्रदेशमै क्रियाशील सदस्यता नवीकरणमा विवाद छ ।

कोशी प्रदेशमा सोलुखुम्बु, खोटाङ र मोरङमा विवाद देखिएको प्रतिवेदन अनुगमनमा खटिएकाहरूले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

मधेस प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा विवाद छ । सप्तरी जिल्लाभर, सर्लाहीको क्षेत्र नं ४, बारामा प्रतिनिधिसभा क्षेत्र नं १ र ३ तथा पर्सामा प्रतिनिधिसभा क्षेत्र नं १२ मा रहेको विवाद मिलिनसकेको समितिले जनाएको छ । रौतहटमा क्षेत्र न. १, २ र ३ मा विवाद छ ।

लुम्बिनी प्रदेशका चार जिल्लामा विवाद छ । रुपन्देहीको क्षेत्र नं ४ मा, कपिलवस्तुको क्षेत्र नं ३ मा र बाँकेको क्षेत्र नं ३ मा विवाद रहेको प्रतिवेदन समितिको बैठकमा पेस गरिएको छ । बाँकेको देखिएको विवाद भने करिब करिब मिलेको बताइएको छ । प्युठानमा पनि विवाद छ ।

गण्डकी प्रदेशको मुस्ताङमा बागमती प्रदेशका रामेछाप, सिन्धुपाल्चोक र काठमाडौँमा विवाद रहेको समितिले जनाएको छ । काठमाडौँ महानगरपालिकाका केही वडामा पुरानै विवाद मिल्न सकेको छैन ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ३, ६, ८ र ११ मा पुरानो विवाद छ । उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीबिच रहेको विवाद १४ औँ महाधिवेशनदेखि नै समाधान हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विवाद छ । विजयकुमार गच्छदारले पार्टी एकीकरण गरेपछि देखिएको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन ।

त्यस्तै कांग्रेसमा समाहित भएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुनिल थापा समूहको क्रियाशील सदस्यता नवीकरणको अर्को विवाद छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबिच २०७४ असोज ३० गते एकीकरण भएको थियो भने राप्रपाका तत्कालीन महामन्त्री थापाको समूह २०७७ साउन १३ गते कांग्रेस प्रवेश गरेको थियो ।

गच्छदारको पार्टीका नेता कार्यकर्ता र राप्रपा महामन्त्री थापासँग कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको सदस्यता २०७८ सालमा कांग्रेसको १४ औँ महाधिवेशन हुने बेलामा पार्टी केन्द्रले निर्णय गरेर कसैलाई महाधिवेशनमा सहभागी हुन पाउने गरी र कसैलाई महाधिवेशनमा सहभागी हुन नपाउने गरी सदस्यता दिइएको थियो । तर, केन्द्रको निर्णय जिल्ला जिल्लामा पुगेर कम्प्युटर ‘इन्ट्री’ भएको थिएन ।

अहिले पनि ती सदस्यता कम्प्युटर इन्ट्री कसरी गर्ने र के का आधारमा नवीकरण गर्ने भन्ने समस्या देखिएको समितिका सदस्य चौधरीले जानकारी दिए ।

‘१४ औँ महाधिवेशन अघि हामीले अन्य पार्टीबाट कांग्रेसमा समावेश भएका साथीहरू केहीलाई त्यो महाधिवेशनमा सहभागी हुन पाउने र केहीलाई त्यो महाधिवेशनमा सहभागी हुन नपाउने गरी केन्द्रीय समितिबाट निर्णय गरेर सदस्यता प्रदान गरेका थियौँ,’ सदस्य चौधरीले भने, ‘उहाँहरूले सदस्यता पाए पनि त्यो विवरण जिल्ला जिल्लामा पठाएर त्यसबेला कम्प्युटर ‘इन्ट्री गरिएको थिएन । अहिलेसम्म पनि ती सदस्यता कम्प्युटरमा इन्ट्री भएका छैनन् । अहिले ती सदस्यताबारे कसरी अगाडि बढ्ने भन्नेमा समस्या देखिएको छ ।’

राप्रपाबाट कांग्रेसमा आएकाहरूको सदस्यताबारे मोरङ र धनकुटामा तथा फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएकाहरूको बारा, सप्तरी, दाङ, कपिलवस्तु र कैलालीमा समस्या छ ।

१४ औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?