© २०२३
काठमाडौँ , १५ वैशाख ।
सोमबार नेपाली सेयर बजारमा परिसूचक र कारोबार रकममा गिरावट आएको छ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेर २६४७ अंकमा पुर्याएको छ। कारोबार सुरु भएको आठ मिनेटमा बजार २६७६ अंकमा पुगेको भए पनि त्यसपछि बजार लगातार ओरालो लाग्दै गयो।
आजको कारोबार रकम ८ अर्ब ९१ करोडमा सिमित भएको छ, जुन अघिल्लो दिनको १० अर्ब ८७ करोडको तुलना गर्दा निकै घटेको हो। यस बीचमा ७८ कम्पनीका मूल्य बढे भने १६७ कम्पनीका मूल्य घटेका छन्।
विभिन्न सेक्टरहरूको प्रदर्शनमा पनि मिश्रित असर परेको छ। बजार घट्दा पनि फाइनान्स सेक्टरले सकारात्मक प्रर्दशन गर्न सक्यो र १.४० प्रतिशतको वृद्धि देखायो। व्यापार क्षेत्रमा पनि ०.४२ प्रतिशतको वृद्धि भएको छ।
तर, अन्य सबै सेक्टरमा गिरावट आएको छ। विशेषगरी लगानी सेक्टरमा २.१४ प्रतिशतको गिरावट आएको छ। यसका अलावा बैंकिङ ०.६५ प्रतिशत, विकास बैंक ०.२८ प्रतिशत, होटल र पर्यटन ०.२३ प्रतिशत, हाइड्रोपावर ०.७५ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, उत्पादन ०.५४ प्रतिशत, माइक्रोफाइनान्स ०.७६ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत र अन्य ०.२१ प्रतिशत घटेका छन्।
कम्पनीहरूको मूल्यमा पनि निकै भिन्नता देखिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। मध्यभोटेकोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको मूल्य पनि क्रमशः ७.६२, ६.९७ र ५.७९ प्रतिशत बढेको छ।
यसैबीच, सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा बढी ८.४५ प्रतिशत घटेको छ। युनिभर्सल पावर र त्रिशुली जलविद्युतको मूल्य पनि क्रमशः ४.८० र ४.७९ प्रतिशतले घटेको छ।
आजको बजारमा उच्च कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर अगाडि रहेका छन्।