© २०२३
बुटवल ।
भुतुङ छापचौर तराई सम्पर्क समाजले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन गरेको छ ।
कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहले सम्पर्क समाज भनेको जन्मस्थान र पहाड र मधेशलाई विकास र मेलमिलापसंग जोड्नु मुख्य उद्देश्य रहेको बताए ।
सम्पर्क समाजले गर्ने हरेक राम्रा कामले समाजको योगदान पहिचान झल्काउने हुँदा सबैले राम्रो मन वचनले काम गर्नुपर्ने उनको भनाई छ । सम्पर्क समाज भनेको जन्मठाउँ छोडेर आएका तराईमा बसोबास गर्ने हरेक सदस्यको दुख सुखमा साथ सहयोग गर्नु रहेको भन्दै सबै सदस्य एकजुट भएर काम गनु जरूरी रहेको उनले बताए ।
सम्पर्क समाजले सुनसान हुँदै गएको जन्म गाउँको पर्यटन विकासमा सहयोगी बनेर काम गर्न आग्रह गरे । सम्पर्क समाजका अध्यक्ष राज कुमार केसीले समाजले गाउँबाट तराई आएर बसोबास गरेका हरेक सदस्यको सुख दुखमा काम गर्दै आएको बताए । कतिपय ब्यक्तिले समाजलाई धमिल्याउन गलत प्रचार गरेको भन्दै अध्यक्ष केसीले आफूहरू गलतको पछि लाग्ने नभै राम्रो गर्दै समाजलाई अगाडि लैजान हरपल काम गरिरहेको बताए ।
दुर्गा भवन मावि छापचौरका पुर्व प्रअ पुण्य प्रसाद गौतम, सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष मनबहादुर थापा, सचिव नामबहादुर केसी, सल्लाहकार कुलबहादुर केसी, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष तथा समाजका सल्लाहकार बिश्वास ढकाललगायतले बोल्दै सम्पर्क समाजले सबैको भावना बुझेर काम गनुपर्ने धारणा राखेका थिए ।