Butwal Today

माइतीघर मण्डलामा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

१५ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सहकारी पीडितहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी पीडितहरूले कालो कपडा लगाएर सरकारको विरोध जनाए। उनीहरूले सहकारी क्षेत्रमा भएको अनियमिततासम्बन्धी दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन जारी राखेका छन्।

यस प्रदर्शनमार्फत, सहकारी पीडितहरूले आफ्नो आवाज उठाउँदै सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरेका छन्।