© २०२३
बुटवल, १५ बैशाख ।
दोस्रो स्व.बबुवा दाइ स्मृतिमा आयोजना भएको खुला फुटसल प्रतियोगिताको उपाधि फुटसल फ्लेम चितवनले चुमेको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा आस्था समुहको आयोजनामा शनिबार लुम्बिनी फुटसल एरिना योगिकुटीमा भएको फाईनलमा देवदह ब्याईजलाई ५–० गोलले पराजित गर्दै फुटसल फ्लेम चितवनले उपाधि चुमेको हो ।
उपाधिसंगै विजेता टिमले नगद ७० हजार, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
उपविजेता टिम भने नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगितामा बेष्ट प्लेयर चितवनका उज्वल बिष्ट, बेष्ट गोलकिपर चितवनका सुरज गुरुङ तथा प्रतियोगिता अवधिमा १५ गोल गरेका देवदहका भुवन गाहा हाईस्कोर घोषित हुदै पुरस्कृत भए । एक समारोहका बिच अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी, समाजसेजी वसन्त सिह थापा, रूपन्देही जिल्ला फुटबल एकेडेमीका प्रशिक्षक पुकार गहतराज, प्रशिक्षक दिलिप क्षेत्रीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा उपाध्यक्ष केसीले स्वर्गिय मक्सुद अलि बबुवाको जिवनी स्मरण गर्दै सामाजिक र खेलकुद क्षेत्रमा गरेका योगदानबारे बताए । लागूऔषध बिरुद्धको धेरै अभियान थालनी समेत स्वर्गिय बबुवाबाट भएको उनले बताए । दुई दिनसम्म संचालन भएको प्रतियोगितामा ३२ टिम सहभागी रहेका आस्था समुहका अध्यक्ष केशव बहादुर पुनले बताए ।