© २०२३
रुपन्देही, वैशाख १५ ।
पश्चिम नवलपरासीको रामग्राम स्थित महेशपुर रोडबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
लागुऔषध बिक्री बितरण भैरहेको भन्ने सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवाको टोलि महेशपुर पुगी ६५ ग्राम ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
आईतबार राति ९ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका वडा नं. ४ महेशपुर रोडबाट ब्युरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरिक्षक सागर भट्टराईको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लु ४९ प १४५१ नम्बरको मोटरसाइकल चालक नवलपरासीकै सरावल गाउँपालिका वडा नं. ६ वस्ने २४ वर्षीय राकेश गुप्ता र पछाडि सवार सोही स्थानकै १६ वर्षीय बिष्णु केवटलाई खानतलासी तथा सोधपुछ गर्दा केवटले लागु औषध झाडिमा लुकाएर राखेको भनेपछि ६५ पुरिया ब्राउन सुगर फेला परेको हो ।
उक्त लागु औषध तौल गर्दा ६५ ग्राम ४३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । उनीहरुले चलाएको मोटरसाईकल र प्रयोग गरेको २ थान मोवाईलसहित दुई जनालाई नियण्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको ब्युरो शाखा कार्यालय भैरहवाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले आवश्यक कारवाहीका लागि जिल्ला अदालत नवलपरासीमा म्याद थपका लागि पठाईएको बताए ।
थापाले प्रक्राउ पकेका दुवै जनालाई लागुऔषध ऐन २०३३ अनुसार कारवाही हुने बताएका छन् ।
