Butwal Today

सरकारको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

१५ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं,१५ वैशाख

नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि तयार पारिएको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उक्त प्रतिवेदन रक्षामन्त्री मानवीर राईले संसद्मा पेस गरेका हुन्।

संविधानको धारा ५३ अनुसार, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन सन्दर्भमा सरकारले प्रत्येक वर्ष राष्ट्रपति समक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ। राष्ट्रपति समक्ष पेस गरिएको प्रतिवेदनलाई पुनः प्रधानमन्त्रीमार्फत संघीय संसद् समक्ष पेस गरिने संवैधानिक प्रक्रिया अनुसार आजको प्रतिनिधि सभा बैठकमा सो प्रतिवेदन प्रस्तुत गरिएको हो।

प्रतिवेदनमा सरकारका नीति कार्यक्रमहरूको कार्यान्वयन स्थिति, मुख्य उपलब्धिहरू र आगामी दिशा–निर्देशको प्रारम्भिक खाका समेटिएको छ। संसद्मा प्रस्तुत भएपछि अब प्रतिवेदन अध्ययनका लागि विभिन्न संसदीय समितिमा पठाइनेछ, जसले यसबारे विस्तृत छलफल गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?