Butwal Today

शिक्षकको पक्षमा बोलेको मन्त्रीलाई पदबाट हटाइयो भन्दै सांसद शर्माको आरोप

१५ बैशाख २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले शिक्षामन्त्री विद्या भट्टराईलाई शिक्षकहरूको मागप्रति सहानुभूति जनाएकै कारण मन्त्री पदबाट हटाइएको दाबी गरेकी छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्, “शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ भन्ने आवाज उठाएकी मन्त्रीलाई सरकारबाट हटाइएको छ, जुन निन्दनीय छ।”

उनले आन्दोलनरत शिक्षकहरू २७ दिनदेखि राजधानीको सडकमा बस्दासमेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाइन्। “शिक्षकको माग नसुनी उल्टो दमन गर्न थाल्नु सरासर गलत हो,” शर्माले भनिन्। सांसद शर्माको भनाइले सत्ता गठबन्धनभित्रै शिक्षा आन्दोलनलाई लिएर मतभेद देखिएको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?